काठमाण्डौ  ।  नेपाली आधुनिक संगीतका सदावहार गायक एवं वरिष्ठ संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ। बिहीवार राति १२ः३० काठमाडौंको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उनको निधन भएको हो। उनले ‘सपना भुलाइ सारा आँशु लिएर जाऊ’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ जस्ता चर्चित गीतहरु गाउका छन्। 

साँझ स्वास्थ्यमा समस्या आएपछि उनलाई सुन्धारास्थित काठमाडौं भ्याली अस्पताल लगिएको थियो। त्यहीँ उनको निधन भएको हो। उनलाइ लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । संगीतका साथै उहाँ तीन दशकभन्दा लामो समय सरकारी सेवामा रहेका थिए । उनले २०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए ।

OM Sai Pathibhara Hospital

उनका ‘सपना भुलाइ सारा आँसु पिएर जाऊ, ‘आखैँमा रात गले, बाटोमा हुरी चले’, ‘मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो’ नेपाल मेरो तिमीलाई लगायतका गीत चर्चित छन्। पशुपति आर्यघाट शुक्रबार उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। उनका दुई छोरी र एक छोरा छन्।