काठमाडौं । ३४ जना राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिकोको बैठकले जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा सामान्य प्रशासन समूहका ३० जना शाखा अधिकृतलाई सोही समूहको उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

OM Sai Pathibhara Hospital

नेपाल प्रशासन सेवाको सामान्य प्रशासन सेवामा शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि १ सय ९५ जनाले उम्मेदवारी दिए पनि १ सय ८९ जनाको उम्मेदवारी कायम भएको थियो ।

शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुनेमा पहिलो नम्बरमा शोभाकर पाण्डेय रहेका छन् भने अन्तिम ३४ नम्बरमा खगेन्द्रप्रसाद भट्ट रहेका छन् ।

हेर्नुहोस् सूचि