समाचार

    Showing 17,941-17,950 of 25,937 items.
  • आज भारतको ७५औँ गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरि मनाउदै

    एजेन्शी  ।  भारतले आज ७५औँ गणतन्त्र दिवस  विभिन्न कार्यक्रम गरि मनाउँदैछ। गणतन्त्र दिवसको अवसरमा भारतले यो वर्ष फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई प्रमुख अतिथि बनाएको छ।सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो।  भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो। तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो। भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो।​भारतले हरेक वर्ष जनवरी २६ लाई

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 411 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा तथा मधेश र लुम्बिनी प्रदेशको तराईमा हुस्सु लागेको छ।दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।राति भने देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपा

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 245 पटक पढिएको
  • महरालाई थुनामा राख्न जिल्लाको आदेश उच्चद्वारा सदर

    काठमाडौं । भेपमा लुकाएर सुन तस्करी आरोपमा राहुल महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्चले पनि सदर गरेको छ। उच्च अदालत पाटनका न्यायधीशद्धय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले भेप प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंकै आदेश सदर गरेको हो।पुर्पक्षको लागि थुनामा पठाउने जिल्लाको आदेश विरुद्ध ७३ नम्बरको निवेदन लिएर उच्च पुगेको महरालाई थुनामा राख्ने शुरुकै आदेश उच्चले सदर गरेको छ। इलेक्ट्रोनिक सिगरेट भेप प्रकरणमा महरामाथि अपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधमा मुद्दा चलेको छ। इजलासले भेप प्रकरणमै पुर्पक्षका लागि थुनामा रहेका लोकेन

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 216 पटक पढिएको
  • एक पुरुष मृत अवस्थामा फेला

    काठमाण्डौ । दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दुहु गाउँपालिका–३ सेरपाटा स्थित सडक खण्डाबाट करिब पाँच मिटर तल सोहि पालिकाको–४ फाराका ७२ वर्षीय दौलतसिंह कुँवर मृत अवस्थामा फेला परेका हुन्।घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 298 पटक पढिएको
  • आम जनता पार्टीद्वारा आज मधेश बन्द

    चपुर । पूर्व मन्त्री​ प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले आज मधेश बन्द गरेको छ । बैंकहरूले लिने गरेका मनोमानी ब्याज फिर्ता गराउन, लघुवित्त र सहकारीहरूको सम्पुर्ण ऋण मिनाहा गराउन तथा आम जनतालाई सहज कर्जा दिलाउन माग गर्दै आजपाले आज मधेश बन्दको आह्वान गरेको हाे ।उक्त पार्टीले बुधबार मधेश प्रदेशभर मसाल जुलुस प्रर्दशन गरेको थियो । आज भनिएको बन्द सफल पार्न मधेश प्रदेशको राजधानी जनकपुरसँगै मधेशका सबै जिल्ला सदरमुकामलगायतको स्थानमा आजपा कार्यकर्ताहरूले बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरेका हुन्। आजपा निकट आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा बुधबार जानकी मन्

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 183 पटक पढिएको
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सुनील पौडेल र विकल पौडेल पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्व निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।मुलुकभित्र र बाहिरबाट हुने भुक्तानीलाई पूर्ण रूपमा विद्युतीय माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय भुक्तानी ‘पेमेन्ट गेट वे’ प्रणाली स्थापनामा अनियमितता गरेको आरोपमा अख्तियारले सुनील र विकललाई पक्राउ गरेको हो । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि विकल र सुनीललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।अख्तियारले २०८० असोज १५ मा सुनील पौडेलसहितका व्यक्तिविरुद्ध

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 245 पटक पढिएको
  • घरकाे छतबाट हाम्फालेर एक व्यापारीले गरे आत्महत्या

    काठमाडाैँ । धनगढीका एक व्यापारीले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । धनगढीको बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।बुधबार बिहान करिब साढे ११ बजे हाम्फालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । उपचारको क्रममा अग्रवालको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले बताए ।अग्रवालले हाम फालिरहेको दृश्यसमेत स्थानीय बासिन्दाले खिच्न भ्याएका थिए । स्थानीयका अनुसार छतको रेलिङबाट केही तल झरेर आत्महत्या गर्न लाग्दा उनलाई तलबाट त्यसो नगर्न आग्रह गरे

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 222 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ  ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका अधिकांश भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । केही ठाउँमा शीतलहर समेत चलेको छ ।दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति देशका अधिकांश भागमा मौसम सफा रहने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हिमपातको सम्भावना छ । देशका व

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 266 पटक पढिएको
  • बम्जनविरुद्ध जाहेरी दिने एक किशोरीका बुबाको दुर्घटनामा मृत्यु

    काठमाडौं ।  तपस्वी रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा हालेकी एक पीडित किशोरीको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ । मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुबा गम्भीर घाइते भएका थिए ।घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको सिन्धुली जिल्ला प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा

    • प्रकाशित मितिः माघ १०, २०८०
    • 345 पटक पढिएको
  • २३औँ सशस्त्र प्रहरी दिवस सम्पन्न

    काठमाडौँ  ।  काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरीको प्रधान कार्यालयमा माघ ९ गते आयोजित ‘२३औँ सशस्त्र प्रहरी दिवस-२०८०’ महानिरीक्षक अर्यालले सङ्गठनको नाम उच्च राख्न विशिष्ट एवं उल्लेखनीय कार्य गर्नुहुने सशस्त्र प्रहरी बल, नम्बर १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई ‘एपिएफ सम्मान’ प्रदान गरेका छन । आर्यालले सङ्गठनलाई अनुकरणीय योगदान पु-याउने नेपाली सेना, नेपाल प्रहरी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, राष्ट्रिय अनुसन्धान विभागका साथै देशभरका सशस्त्र प्रहरी एकाइमा कार्यरत रही विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने कर्मचारीला

    • प्रकाशित मितिः माघ १०, २०८०
    • 705 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.