काठमाडौं ।  तपस्वी रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा हालेकी एक पीडित किशोरीको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ । मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुबा गम्भीर घाइते भएका थिए ।

घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको सिन्धुली जिल्ला प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको हो। 

OM Sai Pathibhara Hospital

ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेको छ।