काठमाडौँ  ।  काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरीको प्रधान कार्यालयमा माघ ९ गते आयोजित ‘२३औँ सशस्त्र प्रहरी दिवस-२०८०’ महानिरीक्षक अर्यालले सङ्गठनको नाम उच्च राख्न विशिष्ट एवं उल्लेखनीय कार्य गर्नुहुने सशस्त्र प्रहरी बल, नम्बर १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई ‘एपिएफ सम्मान’ प्रदान गरेका छन । 

आर्यालले सङ्गठनलाई अनुकरणीय योगदान पु-याउने नेपाली सेना, नेपाल प्रहरी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, राष्ट्रिय अनुसन्धान विभागका साथै देशभरका सशस्त्र प्रहरी एकाइमा कार्यरत रही विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई कदरपत्रसहित ‘आइजी एपिएफ निशान’ प्रदान गरे । 

OM Sai Pathibhara Hospital

उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले हलचोकमा रहेको अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै सङ्गठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । Screenshot_2024_0124_100005

उनले व्यावसायिकता, इमान्दारिता र बफादारितालाई मूलमन्त्र बनाउँदै सङ्गठनमा रहेको प्रणाली र पद्धतिलाई आत्मसात् गर्दै ‘चेन अफ कमाण्ड’मा रही सङ्गठनलाई स्थापित गर्ने कार्यमा लाग्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिए । Screenshot_2024_0124_101141

महानिरीक्षक अर्यालले भने, “राष्ट्रले जिते हामी सबैले जित्छौँ भन्ने मर्मलाई ध्यानमा राखी सबैले कर्तव्य निर्वाह गर्नुपर्छ । गर्न नसकिने भन्ने केही छैन, हामी गर्छौं, म गर्छु भन्ने प्रतिबद्धता हामी सबैमा आउनु आवश्यक छ ।”Screenshot_2024_0124_100324

२३औं सशस्त्र प्रहरी दिवसको अवसरमा यस वर्षको उत्कृष्ट बाहिनी हुन सफल छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरीका डिआईजी दिपेन्द्र शाहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कृत गरेका छन ।Screenshot_2024_0124_101141

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा मंगलबार आयोजित विशेष समारोहमा डिआइजी शाहलाई प्रधानमन्त्री प्रचण्डले पुरस्कृत गरेका हुन् । यस अघि सशस्त्र प्रहरी बल मुख्यालयले देशभरको मुल्यांकनका आधारमा मधेस प्रदेशको कमाण्ड सम्हालेका डिआइजी दिपेन्द्र शाहलाई पुरस्कृत गर्ने निर्णय गरेको थियोे । छिन्नमस्ता वाहिनी बर्दिबासमा कार्यरत डिआइजी शाहलाई उपत्यका र सात प्रदेशका आठ बाहिनीपति मध्ये उत्कृष्ट बाहिनीपतिको रुपमा पुरस्कृत गरेको हो। देशभरका युनिट प्रमुखहरुको मूल्याङ्कन गर्ने क्रममा बाहिनीपतिहरू मध्ये छिन्नमस्ता बाहिनीमा कार्यरत शाह उत्कृष्ट ठहरिएका थिए ।Screenshot_2024_0124_100117

समारोहमा प्रधानमन्त्री प्रचण्डले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक दिलीपकुमार श्रेष्ठलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए ।

सशस्त्र प्रहरी बलका एसपी समिक महर्जन र उनले नेतृत्व गरेको १९ नं बटालियनलाई बेस्ट बटालियन रनिङ अवार्डबाट सम्मान गरिएको छ । सशस्त्रका देशभरका ४४ वटा बटालियनमध्ये महर्जनले नेतृत्व गरेको बटालियन उत्कृष्ठ ठहरिएको हो । २३ औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा हल्चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको उपस्थितिमा प्रहरी महानिरिक्षक राजु अर्यालले महर्जनलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । झापाका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याललाई ‘आईजी एपीएफको प्रशंसा अवार्ड’बाट सम्मान गरिएको छ ।

सशस्त्र प्रहरिको कार्य सम्पादनमा विभिन्न तबरले समन्वय सहकार्य गरि  कार्य सम्पादनलाई प्रभाबकारी बनाउन सहयोग पुर्याएकोमा रास्ट्रीय अनुसन्धान सुनसरिका अनुसन्धान निर्देशक श्री तिलक प्रसाइलाइ सशस्त्र प्रहरी महानिरिक्षकबाट IG APF COMMENDATION द्वारा सम्मान गरिएको छ।

अवार्ड हस्तान्तरणकै क्रममा प्रधानमन्त्री दाहालले सशस्त्र प्रहरी बलको सेवा, सुविधा वृद्धिको कामलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताए । उनले सशस्त्र प्रहरी बलमा आबद्ध अधिकृत र जवानहरुका वृद्धि विकास र उनीहरुका लागि आवश्यक सामानहरुको उपलब्ध गराउने कामलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणका लागि दक्ष र चनासो रहन पनि सशस्त्र प्रहरी बललाई निर्देशन दिए । उनले सूचना प्रविधिको बहुआयामिक प्रभावसँग साक्षात्कार भई त्यसको परिचालन राष्ट्रिय हित अनुकूल गर्न पनि सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुलाई सचेत गराए ।प्रधानमन्त्री दाहालले सीमा सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीले बलले खेलेको भूमिकाको प्रशंसा गर्दै सो सम्बन्धी तय गरिएका कार्यक्रमलाई सरकारले दृढताका साथ अघि बढाउने बताए ।

वर्षभरि उपत्यका र सातवटै प्रदेशस्थित बाहिनी मुख्यालयबाट भएका कार्यसम्पादन मूल्यांकनका आधारमा सशस्त्रले मधेश प्रदेशस्थित छिन्नमस्ता बाहिनीलाई उत्कृष्ट युनिटका रुपमा छनोट गरेको थियो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्यले सुम्पेको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्दै आएको बताए । उनले सशस्त्र प्रहरीले सेनाको अभिभावकत्व र प्रहरीसँगको बन्धुत्व कायम भएको पनि बताए ।

सीमा सुरक्षालाई थप प्रभावकारी बननउन थप साधनस्रोत आवश्यक रहेको बताए । सीमाका नागरिकको मन जित्न आवश्यक रहेको र सीमा इलाका विकास अवधारणा अघि सारिएको पनि बताए । सशस्त्रले हरेक वर्ष माघ ९ गते आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । २०५७ माघ ९ मा सशस्त्र प्रहरी गठन आदेश स्वीकृत भएको थियो । सेना र प्रहरीबाट सेवा स्थानान्तरण गरेर अर्ध सैनिक बलका रुपमा नयाँ सुरक्षा संगठन गठन भएको थियो ।