एजेन्शी  ।  भारतले आज ७५औँ गणतन्त्र दिवस  विभिन्न कार्यक्रम गरि मनाउँदैछ। गणतन्त्र दिवसको अवसरमा भारतले यो वर्ष फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई प्रमुख अतिथि बनाएको छ।Screenshot_2024_0126_090110

सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो।  भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो। तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो। भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो।​

OM Sai Pathibhara Hospital

भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ। संविधानले भारतीय नागरिकलाई आफ्नो देशको सरकार आफैं चुन्न सक्नेलगायतका लोकतान्त्रिक व्यवस्था स्थापना गरेको छ।