काठमाडाैँ । धनगढीका एक व्यापारीले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । धनगढीको बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।Screenshot_2024_0125_071217

बुधबार बिहान करिब साढे ११ बजे हाम्फालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । उपचारको क्रममा अग्रवालको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले बताए ।

OM Sai Pathibhara Hospital

अग्रवालले हाम फालिरहेको दृश्यसमेत स्थानीय बासिन्दाले खिच्न भ्याएका थिए । स्थानीयका अनुसार छतको रेलिङबाट केही तल झरेर आत्महत्या गर्न लाग्दा उनलाई तलबाट त्यसो नगर्न आग्रह गरेका थिए । अग्रवालका पत्नी र दुई छोरा छन् ।