समाचार

    Showing 17,911-17,920 of 25,935 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ  ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका अधिकांश भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । केही ठाउँमा शीतलहर समेत चलेको छ ।दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति देशका अधिकांश भागमा मौसम सफा रहने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हिमपातको सम्भावना छ । देशका व

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 389 पटक पढिएको
  • काठमाडौँस्थित भारतीय राजदूतावासले मनायो ७५ औँ गणतन्त्र दिवस

    काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासमा पनि ७५ औँ गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्रको दिवसको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरेका थिए ।  सो अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई पनि शुभकामना व्यक्त गरे ।कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरिएको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो । राष्ट्रपतिले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि विशेष गरी भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 225 पटक पढिएको
  • ताप्लेजुङको पाथीभरा लगायत हिमाली क्षेत्रमा हिमपात

    ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । बिहिबारको वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । बिहिबार साँझको वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको छ ।वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताएका छन। पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो ।फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको घुन्साका छिरिङ टाँसी शेर्पाले बताए । ओलाङ्चुङगोलाकै याङ्मा

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 248 पटक पढिएको
  • पर्यटन बिकास समितिका बन्दीपुरका अध्यक्ष प्रधान सम्मानित

    सर्लाही  ।  पर्यटन बिकास समितिका बन्दीपुरका अध्यक्ष  किसान प्रधान  सम्मानित भएका छन् ।१५औ पर्यटक प्रहरी दिवस को उपलक्ष्यमा पर्यटन मन्त्री सुदन  किराँती द्वारा  प्रधान सम्मानित भएका हुन् । पर्यटकीय क्षेत्रकाे शान्ति सुरक्षा कायम राख्न खटिएको पर्यटक प्रहरीलाई आवस्यक सहयोग र सहकार्य गरि पर्यटक प्रहरीको कार्यसम्पादन थप प्रभावकारी बनाइ बिदेशी पर्यटकहरू काे नेपाल बसाइ सुरक्षित एवम् अविस्मरणीय बनाउने कार्यमा उच्च याेगदान पुर्याएकाे भन्दै प्रधानलाई सम्मान गरेको हो  ।

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 306 पटक पढिएको
  • सहकारी ठगी काण्डमा माओवादी ओखलढुंगाका सचिव पक्राउ

    ओखलढुङ्गा । बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुङ्गाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् ।ओखलढुङ्गा । बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुङ्गाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् ।बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरेको हो । सहकारीका अध्यक्ष सुनुवार नेकपा (माओवादी केन्द्र) ओखलढुङ्गाका जिल्ला सचिव हुन् । चम्पादेवी गाउँपालिका–९ बिलन्दु स्थायी घर भएका सहकारीका अध्यक्ष सुनुवारलाई काठमाडाैं महानगरपालिका–६ बौद्धबाट र मोलुङ गाउँपालिका–४ हर्कपुर ओखलढुङ्गाका पदमबहादुर

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 423 पटक पढिएको
  • युवाहरुलाई विदेश जानबाट रोक्न संयुक्त प्रयास गरौं : मन्त्री रोज राणा

    काठमाण्डौ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले प्रदेश सरकारले दुई लाखलाई रोजगारी दिने नीति ल्याएको बताएका छन् ।काठमाण्डौ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले प्रदेश सरकारले दुई लाखलाई रोजगारी दिने नीति ल्याएको बताएका छन् ।शुक्रबार अर्घाखाँचीको शीतगंगा नगरपालिकाको ठाडामा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री राणाले भने, ‘प्रदेश सरकारले एउटा नीति ल्याएको छ । करीव २ लाखलाई रोजगारी दिने र उद्योग खोल्ने । मन्त्रालय उद्योग परेको हुँदा सानातिना उद्योगहरु तपाईहरु गर्न चाहनु हुन्छ र योजनाहरु छन् भने डकुमेन्ट लि

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 196 पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा बिक पक्राउ

    काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २७ वर्षीय कुलबहादुर बिकलाई पक्राउ गरेको छ ।१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको लेटाङ नगरपालिका–१ भोक्टिनी बस्ने बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।बिकले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट भलुवाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 183 पटक पढिएको
  • गाँजा सहित २ युवक पक्राउ

    सप्तरी  ।  सप्तरीको कञ्चनरुप नगरपालिका वडा न. ७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा सहित २ युवक पक्राउ परेका छन् ।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न.६ बस्ने ३१ वर्षीय सचिन यादव र अजय प्रसाद यादवलाई ८ किलो अबैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को. २५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको सप्तरी प्रहरीले बताएको छ । यता पक्राउ गरेका दुवै युवकमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 289 पटक पढिएको
  • बस र म्याजिक एकआपसमा ठोक्किँदा ९ जना घाइते

    काठमाण्डौ  ।   कैलालीको गोदावरी नगरपालिका–५ मनहेरा पुल नजिकै धनगडी–अत्तरिया ६ लेन सडक खण्डमा शुक्रवार साँझ दुर्घटना भएको छ। धनगढीबाट अत्तरिया जाँदै गरेको सुदुरपश्मि प्रदेश यातायात कार्यालयको ना ४ ख ७२३०  नम्बरको बस र अत्तरियाबाट धनगढी आउँदैगरेको से १ ज ३५३ नम्बरको म्याजिक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।उक्त दुर्घटनामा परेर नौँ जना घाइते भएका छन्। घाइते हुनेमा म्याजिक चालक धनगढी उपमहानगरपालिका–३ का धर्म साउँद, गोरीगंगा नगरपालिका–१३ का दिनेश बोहरा, डोटीको बड्डीकेदार गाउँपालिकाका–१ का २१ वर्षीया यशोदा मन्नी, जोरायल गाउँपालिका–१ का २६ वर्षीया माया थापा  घाइते भएका छन्

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 215 पटक पढिएको
  • पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठग्ने पक्राउ

    काठमण्डौ  ।  पोर्चुगल पठाइदिन्छु भन्दै रु १२ लाख ठगी गरेको अभियोगमा नुवाकोट लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका नेपालटारका २४ वर्षीय रोजिन न्यौपाने पक्राउ परेका छन् ।उनले सात जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक रु एक लाख २० हजार तलब प्राप्त हुने प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 201 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.