सप्तरी  ।  सप्तरीको कञ्चनरुप नगरपालिका वडा न. ७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा सहित २ युवक पक्राउ परेका छन् ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न.६ बस्ने ३१ वर्षीय सचिन यादव र अजय प्रसाद यादवलाई ८ किलो अबैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को. २५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको सप्तरी प्रहरीले बताएको छ । यता पक्राउ गरेका दुवै युवकमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।