OM Sai Pathibhara Hospital


काठमाण्डौ  ।   कैलालीको गोदावरी नगरपालिका–५ मनहेरा पुल नजिकै धनगडी–अत्तरिया ६ लेन सडक खण्डमा शुक्रवार साँझ दुर्घटना भएको छ। धनगढीबाट अत्तरिया जाँदै गरेको सुदुरपश्मि प्रदेश यातायात कार्यालयको ना ४ ख ७२३०  नम्बरको बस र अत्तरियाबाट धनगढी आउँदैगरेको से १ ज ३५३ नम्बरको म्याजिक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परेर नौँ जना घाइते भएका छन्। घाइते हुनेमा म्याजिक चालक धनगढी उपमहानगरपालिका–३ का धर्म साउँद, गोरीगंगा नगरपालिका–१३ का दिनेश बोहरा, डोटीको बड्डीकेदार गाउँपालिकाका–१ का २१ वर्षीया यशोदा मन्नी, जोरायल गाउँपालिका–१ का २६ वर्षीया माया थापा  घाइते भएका छन्। घाइते चारै जनाको धनगढीको नवजिवन अस्पतालमा उपचार भइरहेको छ।Screenshot_2024_0126_211811

यस्तै डोटीको जोरायल गाउँपालिकाका–१ का २४ वर्षीय राजन बि.क, २१ वर्षीय सोनु वि.क, गौरीगंगा नगरपालिकाका–२ का ५५ वर्षीय प्रवेश चौधरी, धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीय अम्मर वि.क र बैतडीको दशरथ चन्द नगरपालिका–११ का सन्तोष भण्डारी घाइते भएका छन्। उनीहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले जनाएको छ। बस चालक ,बस र म्याजिक प्रहरीले नियन्त्रणमा लिएको छ।