काठमण्डौ  ।  पोर्चुगल पठाइदिन्छु भन्दै रु १२ लाख ठगी गरेको अभियोगमा नुवाकोट लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका नेपालटारका २४ वर्षीय रोजिन न्यौपाने पक्राउ परेका छन् ।

उनले सात जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक रु एक लाख २० हजार तलब प्राप्त हुने प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।