काठमाण्डौ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले प्रदेश सरकारले दुई लाखलाई रोजगारी दिने नीति ल्याएको बताएका छन् ।

OM Sai Pathibhara Hospital

काठमाण्डौ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले प्रदेश सरकारले दुई लाखलाई रोजगारी दिने नीति ल्याएको बताएका छन् ।


शुक्रबार अर्घाखाँचीको शीतगंगा नगरपालिकाको ठाडामा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री राणाले भने, ‘प्रदेश सरकारले एउटा नीति ल्याएको छ । करीव २ लाखलाई रोजगारी दिने र उद्योग खोल्ने । मन्त्रालय उद्योग परेको हुँदा सानातिना उद्योगहरु तपाईहरु गर्न चाहनु हुन्छ र योजनाहरु छन् भने डकुमेन्ट लिएर छलफल गर्न मन्त्रालय आउनु होला । म सकेका समस्याहरु तपाईको समस्या समाधान गर्नेछु ।’

मन्त्री राणाले भने, ‘तपाईहरुले कति जना मान्छेलाई रोजगारी दिन सक्नु हुन्छु ? कति जना मान्छेहरुलाई टिकाउन सक्नु हुन्छ ? प्रमुख कुरा त्यो रहन्छ ।’ मन्त्री राणाले युवाहरुलाई विदेश जानबाट रोक्नका लागि सबैले संयुक्त प्रयास गर्नुपर्ने बताए । उनले भने, ‘सबैलाई थाहा छ देश रेमिटेन्सले चलेको छ । धेरै युवाहरु विदेशिनुभएको छ । युवाहरुलाई स्वदेशमा रोक्नुपर्छ भन्ने हामी सबैलाई छ । कसरी रोक्ने भन्ने योजना ल्याउनुस् म र मेरो मन्त्रालय सहयोग गर्न तयार छ ।’

उनले बालबालिकाहरुको शिक्षाका लागि लुम्बिनी प्रदेश सरकारले केही कार्यक्रमहरु ल्याएको बताए । मन्त्री राणाले भने, ‘मेरो मन्त्रालयमा ‘पढ्दै र सिक्दै’ भन्ने कार्यक्रम छ । अफ्ठ्यारो परेका बालबच्चा हुनुहुन्छ भने कृपया मेरो मन्त्रालयमा सम्पर्क गर्नु होला । हामीसँग केही बजेट छ । म त्यसको लागि पनि व्यवस्था गर्छु ।’ उनले भने, ‘म पनि कार्यक्रम उद्घाटनमा नहिँडौँ भन्यो । हार्नै नसक्ने मान्छेको फोन आउँछ । राजनीतिक कुरा पनि रहन्छ । बालबच्चाको पढाइ र खेलकुदको लागि सहजीकरण गर्नुपर्छ ।’

‘बालबच्चाहरुलाई ल्याएर मास देखाउँछु भन्ने गर्नु हुँदैन । हामीले अध्ययन गरेको शिक्षालाई व्यवहारमा लगाउनुपर्छ’, मन्त्री राणाले भनेका छन् । मन्त्री राणाले भने, ‘बजेट बनाउने बेला मेरो नगर शीतगंगा नगरपालिकामा मात्रै नभएर यो अर्घाखाँची जिल्लामा रहेनछ । अर्घाखाँचीमा मालारानी छ । सुपादेउराली छ । यो जिल्लाको विकास गर्नुपर्छ ।’

शुक्रबार उद्घाटन भएको महोत्सवमा शीतगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलले प्रदेश सरकारबाट शीतगंगा नगरपालिकाको विकासमा सहयोगको अपेक्षा राखेको बताए । उनले आगामी बजेटमा शीतगंगालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।