समाचार

    Showing 17,901-17,910 of 25,935 items.
  • दरबार हत्याकाण्डका विषयलाई लिएर हामी र हाम्रा परिवारबारे भ्रम फैलाइएयो : पूर्वराजा शाह

     काठमाण्डौ  । वीरगंजमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिएको छ।नागरिक अभिनन्दनपछिको सम्बोधनमा पूर्व राजा शाहले मधेशको मरुभूमिकरण, युवा शक्ति विदेश पलायनबारे चिन्तित हुँदै भने, ‘अन्नको भण्डार भनिने, तराईं मधेशको समथर उब्जाउ फाँट हाम्रो गौरवशाली इतिहास इतिहास थियो, उद्यम, इलम, बजार र व्यवसायको आधार तराईको छुट्टै पहिचान, पौरख र प्रतिष्ठा बनेको थियो तर दुई तीन दशक यता मधेश उजाड बन्दै गइरहेको छ, यहाँका पोखरी, पानीको स्रोत, जलसतह कमजोर भइरहेको छ र मरुभूमिकरण भइरहेको छ, यो गम्भीर चिन्ताको विषय हो ।’उनले राजपरिवार हत्याकाण्डमा आफ्नो परिवारलाई जोडेर भ्रमको बादल बिच्छा

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 581 पटक पढिएको
  • काठमाण्डौबाट जुवाडे पक्राउ

    काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँस्थित सोलुखुम्बु काकु गाउँपालिका-५ घर भएकी २९ वर्षीया अनु तामाङको सोलुखुम्बु खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ९ सय ५० रुपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान  गरिरहेको बताएको छ ।

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 173 पटक पढिएको
  • विभूषण पाएको १० दिनमै घुससहित पक्राउ परेकी मालपोत अधिकृतलाई ६ महिना कैद

    काठमाण्डौ  ।  विभूषण पाएको १० दिनमै घुससहित पक्राउ परेकी मालपोत अधिकृतलाई ६ महिना कैद सजाय भएको छ। घुस लिई भ्रष्टाचार गरेको मुद्दामा मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरु महतलाई सजाय सुनाइएको छ । शुक्रबार विशेष अदालतले उनलाई ६ महिना कैद र डेढ लाख रुपैयाँ जरिवाना हुने सजाय तोकेको हो। महतलाई एक लाख ५० हजार रुपैयाँसहित ११ वैशाख २०७९ मा नियन्त्रणमा लिएको थियो।महतले पक्राउ पर्नुभन्दा १० दिनअघि मात्र राष्ट्रपतिबाट विभूषण पाएकी थिइन् । उनलाई प्रबल जनसेवाश्री चतुर्थद्वारा १ वैशाख २०७९ मा विभूषित गरिएको थियो ।

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 230 पटक पढिएको
  • कोशी प्रदेश प्रकरणले कांग्रेस र माओवादीबिच भाडभैलो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सार्वजनिक रुपमै एक अभिव्यक्ति दिएका छन । गृहजिल्ला रोल्पा पुगेका पुनले कांग्रेसले आफूहरुको विश्वास गुमाएको भन्दै कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता साझेदर दल नेपाली कांग्रेसबाट धोका भएको बताउँदै गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन । बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो। तर सिटौला विजयी हुँदा कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन् । उक्त घट्नालाई लिएर पुन

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 422 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ उपमन्त्री सुन हायानको भेट

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको हो ।उपमन्त्री हायान नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए।

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 280 पटक पढिएको
  • बसको ठक्करबाट पौडेलको मृत्यु

    सर्लाही । पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ ।सर्लाहीबाट नारायणगढ जादै गरेको बा ३ ख ३४५५ नम्बरको बसले आज(शनिबार) बिहान ४ बजेको समयमा ठक्कर दिदा चन्द्रपुर ५ का ५५ बर्षका बोधनाथ पौडेललाई ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ।बिहान मर्निङवाकमा निस्केका पौडेललाई चन्द्रनिगाहपुरमा रहेको जगत पेट्रोल पम्म अगाडी बसले ठक्कर दिएको थियो । अत्याधिक हुस्सुका कारण बाटो नदेखेका कारण पौडेललाई बसले ठक्कर दिएको अनुमान गरिएको छ । ठक्कर दिने बस र बसका चालक चन्द्रपुर नगरपालिका-४ का विजय राई लाई प्रहरीले नि

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 348 पटक पढिएको
  • गजल "जिन्दगीमा मैले कमाए "

    गजल "जिन्दगीमा मैले कमाए " जिन्दगीमा मैले कमाएको छु धेरै।जिन्दगीलाई मैले पनि  सम्हाले है।प्रेमले पनि न जाने के के देखायो ।जे देखायौ त्यो पनि देखे छु धेरै ।जिन्दगीको  खेल हुन्छ  रमाइलो ।जिन्दगीले पनि देखायो है धेरै ।कोशिस पनि मैले गरेकै थिए ।कोशिसले पनि देखायो है धेरै ।झूठ बोलेर   मान्छेले भनेछन ।झूठलाई पनि  सत्य देखाए धेरै  ।झूठ पनि पाइन्छ धेरै  आज यहाँ ।झूठलाई पनि  मैले सजाए  धेरै ।दिललाई  तोडनेहरु छन यहाँ ।दिललाई  पनि बहलाए है धेरै ।नाच्दछ है आज जिन्दगी  यहाँ ।जिन्दगीले पनि नचायो है धेरै ।कसले  धोखा दिएर जान्छ यहाँ&nb

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 375 पटक पढिएको
  • कन्सलटेन्सी सञ्चालन गर्न धरौटी राखेर मात्रै पाउने

    काठमाडौं । विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिने कन्सल्टेन्सीले धरौटी राखेर मात्रै सञ्चालन गर्न पाउने प्रस्ताव गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको उच्च शिक्षा विधेयकको प्रारम्भिक मस्यौदामा धरौटी राख्नुपर्ने प्रस्ताव गरेको हो ।मन्त्रालयले उच्च शिक्षा विधेयक संसदमा पेस गर्नु अघि सरोकारवालाबाट राय सुझाव संकलन गर्न सार्वजनिक गरिएको मस्यौदामा यसअघिको जस्तो सामान्य दर्ता मात्रै गरेर नभई धरौटी नै राख्नु पर्ने प्रस्ताव गरेको छ । यसअघि शिक्षा मन्त्रालय र प्रदेश सामाजिक विकास मन्त्रालयबाट दर्ता गरेर कन्सल्टेन्सी सञ्चालन हुँदै आएको छ ।

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 194 पटक पढिएको
  • नेपाल प्रहरीका सञ्चारका ७ सई १२५ असइको सरुवा

    काठमाडौं । नेपाल प्रहरीका सात प्रहरी नायब निरीक्षक (सई) र १२५ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरिएको छ । गृह मन्त्रालयले दुई पदका १३२ जना प्रहरी अधिकारीको शुक्रवार सरुवा गरेको छ ।उनीहरुलाई अर्को आदेश नभएसम्मको लागि देहाय अनुसार लेखाप्रमुखको रुपमा कामकाज गर्ने गरी खटाइएको हुँदा निजहरुलाई खटिएको स्थानमा हाजिर हुन पठाउन हुन निदेशन दिइएको छ ।शुचि :::

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 448 पटक पढिएको
  • कटन क्याण्डीमा ‘रोडामाइन बी’ हानीकारक अखाद्य रङ मिसाइएको पाइयो बेच्न रोक

    काठमाडौँ  ।    काठमाडौँ महानगरपालिकाले हानीकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बालबालिकालाई लक्षित गरेर बेच्न रोक लगाएको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता कृष्णमोहन महर्जनले काठमाडौं विभिन्न स्थानका सडकपेटी, मेलाबजारमा बेच्न राखिएका रंगिन कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने खालका अखाद्य रङ रोडामान बीको प्रयोग गरिएकाले नखान आग्रह गरिएको बताए । उनले खुला रुपमा बिक्री वितरण गरिरहेका कटन क्यान्डीको उपभोग नगर्न र आफ्ना बालबालिकालाई नदिनसमेत अनुरोध गरे ।गत २९ पुसमा राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाएकोमा ‘रोडामीन बी’ न

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 285 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.