गजल "जिन्दगीमा मैले कमाए "


OM Sai Pathibhara Hospital

 जिन्दगीमा मैले कमाएको छु धेरै।

जिन्दगीलाई मैले पनि  सम्हाले है।

प्रेमले पनि न जाने के के देखायो ।

जे देखायौ त्यो पनि देखे छु धेरै ।


जिन्दगीको  खेल हुन्छ  रमाइलो ।

जिन्दगीले पनि देखायो है धेरै ।

कोशिस पनि मैले गरेकै थिए ।

कोशिसले पनि देखायो है धेरै ।


झूठ बोलेर   मान्छेले भनेछन ।

झूठलाई पनि  सत्य देखाए धेरै  ।

झूठ पनि पाइन्छ धेरै  आज यहाँ ।

झूठलाई पनि  मैले सजाए  धेरै ।


दिललाई  तोडनेहरु छन यहाँ ।

दिललाई  पनि बहलाए है धेरै ।

नाच्दछ है आज जिन्दगी  यहाँ ।

जिन्दगीले पनि नचायो है धेरै ।


कसले  धोखा दिएर जान्छ यहाँ  ।

दिलले  धोखा खाएको छ धेरै ।

जसले  देख्यो उसले  धोका दियो।

इजजदार मिली मलाई दबाए धेरै।

        - देवेन्द्र किशोर ढुङगाना

      भद्रपुर,अस्पतालरोड(झापा )