सर्लाही । पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

सर्लाहीबाट नारायणगढ जादै गरेको बा ३ ख ३४५५ नम्बरको बसले आज(शनिबार) बिहान ४ बजेको समयमा ठक्कर दिदा चन्द्रपुर ५ का ५५ बर्षका बोधनाथ पौडेललाई ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ।

OM Sai Pathibhara Hospital

बिहान मर्निङवाकमा निस्केका पौडेललाई चन्द्रनिगाहपुरमा रहेको जगत पेट्रोल पम्म अगाडी बसले ठक्कर दिएको थियो । अत्याधिक हुस्सुका कारण बाटो नदेखेका कारण पौडेललाई बसले ठक्कर दिएको अनुमान गरिएको छ । ठक्कर दिने बस र बसका चालक चन्द्रपुर नगरपालिका-४ का विजय राई लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।