काठमाडौँ  ।    काठमाडौँ महानगरपालिकाले हानीकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बालबालिकालाई लक्षित गरेर बेच्न रोक लगाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता कृष्णमोहन महर्जनले काठमाडौं विभिन्न स्थानका सडकपेटी, मेलाबजारमा बेच्न राखिएका रंगिन कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने खालका अखाद्य रङ रोडामान बीको प्रयोग गरिएकाले नखान आग्रह गरिएको बताए । उनले खुला रुपमा बिक्री वितरण गरिरहेका कटन क्यान्डीको उपभोग नगर्न र आफ्ना बालबालिकालाई नदिनसमेत अनुरोध गरे ।FB_IMG_1706349914148

OM Sai Pathibhara Hospital

गत २९ पुसमा राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाएकोमा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको पाइएको हो । गुणस्तर नभएका खानेकुरा बेचबिखन गरेको पाइएमा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग गरेर ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गरिने महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले जनाएको छ ।

कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायले कटन क्यान्डीमा चिनीको मात्रा बढी, प्राकृतिक केमिकल, अखाद्य पदार्थ रहने भएकाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने बताए । उनका अनुसार कटन क्यान्डीले दाँतमा किरा लाग्ने, तौल बढाउने, स्मरण शक्तिमा कमी, पिसाबमा रङ देखिनेलगायत समस्या हुने गर्दछ ।