काठमाण्डौ  ।  विभूषण पाएको १० दिनमै घुससहित पक्राउ परेकी मालपोत अधिकृतलाई ६ महिना कैद सजाय भएको छ। घुस लिई भ्रष्टाचार गरेको मुद्दामा मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरु महतलाई सजाय सुनाइएको छ ।

शुक्रबार विशेष अदालतले उनलाई ६ महिना कैद र डेढ लाख रुपैयाँ जरिवाना हुने सजाय तोकेको हो। महतलाई एक लाख ५० हजार रुपैयाँसहित ११ वैशाख २०७९ मा नियन्त्रणमा लिएको थियो।

OM Sai Pathibhara Hospital

महतले पक्राउ पर्नुभन्दा १० दिनअघि मात्र राष्ट्रपतिबाट विभूषण पाएकी थिइन् । उनलाई प्रबल जनसेवाश्री चतुर्थद्वारा १ वैशाख २०७९ मा विभूषित गरिएको थियो ।