काठमाडौं । विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिने कन्सल्टेन्सीले धरौटी राखेर मात्रै सञ्चालन गर्न पाउने प्रस्ताव गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको उच्च शिक्षा विधेयकको प्रारम्भिक मस्यौदामा धरौटी राख्नुपर्ने प्रस्ताव गरेको हो ।

मन्त्रालयले उच्च शिक्षा विधेयक संसदमा पेस गर्नु अघि सरोकारवालाबाट राय सुझाव संकलन गर्न सार्वजनिक गरिएको मस्यौदामा यसअघिको जस्तो सामान्य दर्ता मात्रै गरेर नभई धरौटी नै राख्नु पर्ने प्रस्ताव गरेको छ । 

OM Sai Pathibhara Hospital

यसअघि शिक्षा मन्त्रालय र प्रदेश सामाजिक विकास मन्त्रालयबाट दर्ता गरेर कन्सल्टेन्सी सञ्चालन हुँदै आएको छ ।