समाचार

    Showing 17,891-17,900 of 25,935 items.
  • साउदी अरबमा ७० वर्षपछि खुल्ने भयो मदिरा पसल

    काठमाण्डौ  ।   साउदी अरबमा सन् १९५२ मा मदिरा पिएर मातेका एक राजकुमारले एक विदेशी कूटनीतिज्ञलाई गोली हानी मारिदिएपछि देशभरि मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो । राजा अब्दुलअजीजका एक छोराले ब्रिटिश कूटनीतिज्ञलाई मारिदिएलगत्तै त्यहाँ मदिरा प्रतिबन्धसम्बन्धी कानुन बनाइएको थियो। तर अब साउदी अरबमा गैरमुस्लिम कूटनीतिज्ञहरूका निम्ति मदिरा बिक्री गर्ने अनुमति दिइन लागेको छ । राजधानी रियादमा ७० वर्षपछि पहिलो पटक खुल्ने मदिरा पसलले चुनिएका गैरमुस्लिम विदेशीहरूलाई सेवा दिने छ । यद्यपि सेवाग्राहीको वर्गमा सीमित कूटनीतिक कर्मचारीहरू मात्र पर्ने छन् ।

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 250 पटक पढिएको
  • शहीद दिवस, राष्ट्रिय पर्वका रूपमा मनाइने

    काठमाडौँ । शहीद दिवसमा सार्वजनिक बिदा नहुने भएको छ ।  माघ १६ गते मङ्गलवार पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने, तर सार्वजनिक बिदा भने नहुने गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले शहीद दिवसमा सार्वजनिक बिदा नदिएरै अन्य कार्यक्रम गरेर शहीदहरूप्रति सम्मान व्यक्त गरिने छ। शहीद दिवसलाई राष्ट्रिय रूपमा मनाइने छ । सरकारी कार्यालयहरू खुल्ने छन् । राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरूमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस जेठ १६ गते र निजामती सेवा दिवस भदौ २२ गते रहेका छन् ।

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 206 पटक पढिएको
  • कर्मचारी संगठनको अल्टिमेटम: देशैभरका विमानस्थलमा सेवा रोक्ने चेतावनी

    काठमाण्डौ  ।   अध्यागमनका कर्मचारीलाई कुटपिट गर्नेलाई कारबाही गर्न कर्मचारी संगठनको अल्टिमेटम,माग सम्बोधन नभए देशैभरका विमानस्थलमा सेवा रोक्ने चेतावनी ।

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 294 पटक पढिएको
  • देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो : रेखा थापा

    काठमाण्डौ  ।  लिङ्देनले गरेको टिप्पणीले अभिनेत्री रेखा थापा आक्रोशित भएकी छिन। आफ्नो अमेरिका यात्रालाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको टिप्पणीले अभिनेत्री रेखा थापा आक्रोशित बनेकी छन् । उनले अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत लिङ्देनलाई जवाफ दिएकी छन् ।स्मरणीय छ कि रेखा राप्रपाकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य हुन् । उनी पार्टीको महाधिवेशनमा लिङदेनकै प्यानलबाट महामन्त्रीमा उठेर पराजित बनेकी थिइन् । लिङ्देनले शनिबार एक सार्वजनिक कार्यक्रममा रेखा थापालाई संकेत गर्दै  "एउटी आमा आफ्नो सन्तान नेपाली नहोस् भनेर सन्तान जन्माउन अमेरिका पुग्दैछिन्।"रेखाले फेसबुकमा ल

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 525 पटक पढिएको
  • एक्कासी पानीको बहाब बढ्दा जल्दै गरेको शव बगायो

    काठमाण्डौ  ।  सोलुखुम्बुको लिखु ‘२’ जलविद्युत् आयोजनाको विद्युत् मेसिन  एक्कासी बन्द हुदा  पानीको बहाब बढ्दा जल्दै गरेको शव बगायो, भागेर जोगिए मलामी जोगिएका छन।सोलुखुम्बु र रामेछापको सिमानामा पर्ने उक्त आयोजनाको मेसिन बन्द भएर बाँधको पानी खोलातर्फ नै फर्किदा आज लिखु खोलामा जलाउँदै गरेको रामेछापको उमाकुण्ड गाउँपालिका–१ का ३२ वर्षीय झपडबहादुर थापाको शव बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शनिबार साँझ आयोजनाको मेसिन बन्द हुँदा बाँध एक्कासी रोकिएर पानी खोलातर्फ नै फर्किदा

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 335 पटक पढिएको
  • टिकटकले ३० मिनेटसम्मको भिडिओ अपलोडको सुविधा दिँदै

    काठमाण्डौ  ।  टिकटकले ३० मिनेट लामो भिडियो अपलोड गर्ने सुविधा थप्ने भएको छ । सुरुमा परीक्षणका लागि टिकटकले निश्चित केही प्रयोगकर्ताका लागि ३० मिनेट लामो भिडियो अपलोड गर्ने सुविधा ल्याएको छ ।शर्ट भिडिओ प्लेटफर्मका रूपमा सुरु भएको टिकटकले प्रयोगकर्ताका लागि भिडिओ अपलोडको सीमा परिवर्तन गर्ने संकेत दिएको छ । हालै बाहिरिएको एक खबर अनुसार ३० मिनेटसम्मको भिडिओ अपलोड गर्न दिनेगरी टिकटकले नयाँ फिचर परीक्षण गरिरहेको छ ।यो परीक्षण पहिलो पटक सोसल मिडिया कन्सल्टेन्ट म्याट नभाराले पत्ता लगाएका हुन् । उनले एपको आईओएस बेटा संस्करणमा टिकटकले ३० मिनेट लामो भिडिओ अपलोडका लागि काम गरिरहेको भन्दै स्

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 277 पटक पढिएको
  • जीबी राईविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी

    काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी (गितेन्द्रबाबु) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।इन्टरपोलले शुक्रबार राईलाई डिफ्युजन नोटिस जारी गर्दै विश्वका प्रहरीहरुको फरार सूचीमा राखेको हो ।जिल्ला प्रहरी कार्यालय कास्कीले राइविरुद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि भन्दै प्रहरी प्रधान कार्यालय नक्साललाई गत पुस ५ गते पत्राचार गरेकोमा शुक्रबार डिफ्युजन नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ ।ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत रहेका राईविरुद्ध विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ।

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 371 पटक पढिएको
  • नेपाली सेनाले ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय गर्यो

    काठमाण्डौ । नेपाली सेनाले ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको छ । सेनाको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा परिसरको हेलिप्याड नजिक यही माघ ११ गते भेटिएका ती विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।सेनाको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा परिसरको हेलिप्याड नजिक यही माघ ११ गते भेटिएका ती विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। बेवारिसे अवस्थामा भेटिएका ती विस्फोटक पदार्थ विगतका द्वन्द्वकालमा प्रयोग भएको हुनसक्ने सेनाको अनुमान छ।सङ्खवासभा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब  उपरीक्षक घनश्याम श

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 272 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा सफा रहेको छ। मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती भने कोशी र गण्डकी प्रदेशको पहाडी भूभ

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 231 पटक पढिएको
  • अनौठो फूल जो १२ वर्षमा एक पटक फूल्छ

    काठमाण्डौ  ।    इतिहासमा एउटा बिम्बका रुपमा लिइन्छ ‘१२ वर्ष’लाई । ‘१२ वर्ष’लाई प्रकृतिले पनि खास महत्व दिएको पाइन्छ । यसको एक उदाहरण हो– १२ वर्षमा एकपटक फूल्ने फूल । भारतको केरलस्थित मुन्नारमा यो एक प्रजातिको फूल १२ वर्षमा एक पटक फूल्छ । फूल फूलेपछि वातावरण नै मनमोहक तुल्याउँछ ।समुद्र सतहबाट एक हजार ६०० मिटरभन्दा बढी उचाईमा रहेको पहाडी क्षेत्रमा यो फूल फूल्ने गर्छ । फूल फूल्ने समयमा पर्यटकको चहपहल पनि निकै हुने गर्छ ।‘नीलकुरिन्जी’ नामक उक्त फूल फूल्ने फूल्ने समयमा पहाडले नै कपडा फेरेको भान हुन्छ । ‘नीलगिरी’ पर्वतको नाम यसै फूलका नामबाट राखिएको बताइन्छ । यसअघि यो फ

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 271 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.