काठमाडौँ । शहीद दिवसमा सार्वजनिक बिदा नहुने भएको छ ।  माघ १६ गते मङ्गलवार पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने, तर सार्वजनिक बिदा भने नहुने गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । 

मन्त्रिपरिषद्को बैठकले शहीद दिवसमा सार्वजनिक बिदा नदिएरै अन्य कार्यक्रम गरेर शहीदहरूप्रति सम्मान व्यक्त गरिने छ। शहीद दिवसलाई राष्ट्रिय रूपमा मनाइने छ । सरकारी कार्यालयहरू खुल्ने छन् । 

OM Sai Pathibhara Hospital

राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरूमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस जेठ १६ गते र निजामती सेवा दिवस भदौ २२ गते रहेका छन् ।