काठमाण्डौ  ।   साउदी अरबमा सन् १९५२ मा मदिरा पिएर मातेका एक राजकुमारले एक विदेशी कूटनीतिज्ञलाई गोली हानी मारिदिएपछि देशभरि मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो ।

राजा अब्दुलअजीजका एक छोराले ब्रिटिश कूटनीतिज्ञलाई मारिदिएलगत्तै त्यहाँ मदिरा प्रतिबन्धसम्बन्धी कानुन बनाइएको थियो। तर अब साउदी अरबमा गैरमुस्लिम कूटनीतिज्ञहरूका निम्ति मदिरा बिक्री गर्ने अनुमति दिइन लागेको छ ।

OM Sai Pathibhara Hospital

राजधानी रियादमा ७० वर्षपछि पहिलो पटक खुल्ने मदिरा पसलले चुनिएका गैरमुस्लिम विदेशीहरूलाई सेवा दिने छ । यद्यपि सेवाग्राहीको वर्गमा सीमित कूटनीतिक कर्मचारीहरू मात्र पर्ने छन् ।