काठमाण्डौ  ।  लिङ्देनले गरेको टिप्पणीले अभिनेत्री रेखा थापा आक्रोशित भएकी छिन। आफ्नो अमेरिका यात्रालाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको टिप्पणीले अभिनेत्री रेखा थापा आक्रोशित बनेकी छन् । उनले अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत लिङ्देनलाई जवाफ दिएकी छन् ।

स्मरणीय छ कि रेखा राप्रपाकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य हुन् । उनी पार्टीको महाधिवेशनमा लिङदेनकै प्यानलबाट महामन्त्रीमा उठेर पराजित बनेकी थिइन् ।

OM Sai Pathibhara Hospital

लिङ्देनले शनिबार एक सार्वजनिक कार्यक्रममा रेखा थापालाई संकेत गर्दै  "एउटी आमा आफ्नो सन्तान नेपाली नहोस् भनेर सन्तान जन्माउन अमेरिका पुग्दैछिन्।"

रेखाले फेसबुकमा लिङदेनको नाम उल्लेख नगरी लेखेकी छन्, "देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो ? अमेरिकामा किन राखेको ?"

स्रोतका अनुसार राप्रपा अध्यक्ष लिङदेनकी छोरी अमेरिकामा छिन् । उनी उच्च शिक्षा अध्ययनका लागि एक वर्षअघि गएको निकट स्रोतले बतायो ।  लिङदेनका दुई छोरा नेपालमै  अध्ययनरत छन् ।Screenshot_2024_0128_105359