काठमाण्डौ  ।  टिकटकले ३० मिनेट लामो भिडियो अपलोड गर्ने सुविधा थप्ने भएको छ । सुरुमा परीक्षणका लागि टिकटकले निश्चित केही प्रयोगकर्ताका लागि ३० मिनेट लामो भिडियो अपलोड गर्ने सुविधा ल्याएको छ ।

शर्ट भिडिओ प्लेटफर्मका रूपमा सुरु भएको टिकटकले प्रयोगकर्ताका लागि भिडिओ अपलोडको सीमा परिवर्तन गर्ने संकेत दिएको छ । हालै बाहिरिएको एक खबर अनुसार ३० मिनेटसम्मको भिडिओ अपलोड गर्न दिनेगरी टिकटकले नयाँ फिचर परीक्षण गरिरहेको छ ।

OM Sai Pathibhara Hospital

यो परीक्षण पहिलो पटक सोसल मिडिया कन्सल्टेन्ट म्याट नभाराले पत्ता लगाएका हुन् । उनले एपको आईओएस बेटा संस्करणमा टिकटकले ३० मिनेट लामो भिडिओ अपलोडका लागि काम गरिरहेको भन्दै स्किृनशट शेयर गरेका छन् ।

३० मिनेटको भिडिओ सीमा भए टिकटकले नयाँ अवसरहरू सिर्जना गर्नसक्ने बताइएको छ । किनभने पछिल्लो समय उपभोक्ताले धेरै खर्च गर्ने एपमा टिकटक पहिलो स्थानमा छ । तथ्यांक अनुसार उपभोक्ताबाट १० अर्ब डलर खर्च हुने एक मात्र एप टिकटक हो ।

तर टिकटकले ३० मिनेट भिडिओ परीक्षणको बारेमा आधिकारिक रूपमा जानकारी दिएको छैन ।