समाचार

    Showing 16,501-16,510 of 25,875 items.
  • निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट हुनुपर्‍यो : गृहमन्त्री

    काठमाडौं- गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारको विषयमा समिति स्पष्ट हुनुपर्ने बताएका छन् । बिहीवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने ? जाने हो भने कतिसम्म जाने ? भन्नेकुरामा समिति स्पष्ट हुन जरुरी रहेको बताएका हुन् । उनले अख्तियार निजी क्षेत्रमा जानु हुँदैन भन्नेमा आम सहमति देखिएको समेत बताए । सरकारी पैसा निजीमा गएको छ भने हेर्नुपर्ने भन्नेमा पनि सांसदहरु सहमत देखिएको उनको भनाइ छ । गृहमन्त्री लेखकले सरकारी पैसा निजीमा गएको भए कस्तो गएको ? ऋण गएको की, अनुदान गएको

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 258 पटक पढिएको
  • कोशीमा अब ट्रायल पास गरेपछि तत्काल सवारी अनुमतिपत्र पाइने

    काठमाडौं–कोशी प्रदेशमा पहिलो पटक ट्रायल पास गरेलगत्तै अस्थायी सवारी अनुमतिपत्र वितरण गर्न सुरु गरिएको छ । स्मार्ट लाइसेन्सका लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै प्रदेश सरकारले बुधबारदेखि अस्थायी अनुमतिपत्र वितरणको सुरुवात गरेको हो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा मुख्यमन्त्री हिक्मतबहादुर कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले औपचारिक रूपमा सवारी अनुमतिपत्र वितरण गर्दै यो नयाँ व्यवस्थाको उद्घाटन गरेका हुन् । अस्थायी अनुमतिपत्र एक वर्षसम्म मान्य हुनेछ र यस अवधिमा स्थायी स्मार्ट लाइसेन्स छाप्ने तयारी भइरहेको छ ।यो नयाँ प्रणालीले अब सेवाग्राहीले

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 404 पटक पढिएको
  • ४२ जिल्लामा ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुने

    काठमाडौं–सरकारले चाडबाडलाई लक्षित गरी सहुलियत मूल्य पसल असोज ७ देखि छठसम्म सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानलाई सहुलियत पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।४२ जिल्लामा ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुनेछ, जहाँ चामल, दाल, गेडागुडी, तेल, चिनी, घ्यूजस्ता अत्यावश्यक वस्तुहरूमा छुट उपलब्ध हुनेछ। साल्ट ट्रेडिङले उपत्यकामा ९ स्थान र अन्य २२ जिल्लामा सहुलियत पसल सञ्चालन गर्नेछ ।दुग्ध विकास संस्थानले भदौदेखि कात्तिक मसान्तसम्म छुट योजना लागू गरेको छ भने आयल निगमलाई पेट्रोलियम आप

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 332 पटक पढिएको
  • सुनसरीबाट गाँजा बरामद

    सुनसरी । सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट भाद्र २६ गते सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा ईलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अबस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बिओपी लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको हो ।सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा फसेपछि चालक भने फरार भएका थिए । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।यसअघि सशस्त्र प्रहरीले भाद्र २५ गते सोही

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 326 पटक पढिएको
  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

    जुम्ला । पहिरोले कर्णाली राजमार्ग निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए रातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्णरुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन र तिनका यात्रु अलपत्र परेका छन् ।

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 383 पटक पढिएको
  • चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन

    काठमाण्डौ । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो ।आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 519 पटक पढिएको
  • श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या, छोरिहरु घाइते

    काठमाण्डौ । वाइफाइ अवरुद्ध भएकोे विवादमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । खुर्पा प्रहारबाट छोरी घाइते भएका छन् । बाराको निजगढ नगरपालिका–९ की ४० वर्षीया लक्ष्मी राईको श्रीमानले हत्या गरेका हुन् ।प्रहरीका अनुसार, घटना मंगलबार साँझ करिब साढे ७ बजे भएको हो, जब ४६ वर्षीय बिमलकुमार वस्नेतले मादक पदार्थ सेवन गरेर घर फर्केपछि वाइफाइ रिचार्जको विषयमा श्रीमतीसँग विवाद भयो । ४ दिनदेखि घरमा वाइफाइ सेवा बन्द थियो । श्रीमतीले रिचार्ज गर्न पैसा नहुने रक्सी खान हुने भनेपछि विवाद चर्किएको थियो । त्यसपछि बिमलले खुर्पाले श्रीमतीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।उनलाई बचाउन आएकी १८ वर्षीया

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 345 पटक पढिएको
  • आज तीन संसदीय समितिको बैठक

    काठमाण्डौ  । संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक बिहीबार बस्दैछ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुनेछ।उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची छ।

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 371 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र गण्डकी प्रदेशका एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती देशभर आंशिक देखि साधारण

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 443 पटक पढिएको
  • सम्पदाले जितिन् ‘मिस युनिभर्स नेपाल २०२४’ को उपाधि

    काठमाण्डौ  ।  सम्पदा घिमिरेले ‘मिस युनिभर्स नेपाल २०२४’ को उपाधि जितेकी छिन्। बुधबार साँझ गोदावरी सनराइज कन्भेसन सेन्टरमा भएको ग्रान्ड फिनालेमा घिमिरे मिस युनिभर्स नेपालको पाँचौ संस्करणको विजेता घोषित भएकी हुन्।नेसनल डारेक्टर संगीता पुरीले घिमिरेलाई सुन र हीराजडित ताज पहिर्‍याएकी हुन्। त्यसैगरि, स्मृति सिंह फस्ट रनरअप, अक्षिता क्षेत्री सेकेन्ड रनरअप , क्यारिन मुर्रे थर्ड रनरअप र सुजल बम फोर्थ रनरअप घोषित भइन। सुजल सुन्न र बोल्न सक्दिन्न।ग्लोबल ग्ल्यामर भेन्चरले पहिलोपटक आयोजना गरेको मिस युनिभर्सकी नेसनल डारेक्टर संगीता पुरी हुन्। फिनालेमा उपाधिका लागि २२ जना भिडेका थिए।पूर्वमिस नेपाल

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 354 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.