काठमाडौं–कोशी प्रदेशमा पहिलो पटक ट्रायल पास गरेलगत्तै अस्थायी सवारी अनुमतिपत्र वितरण गर्न सुरु गरिएको छ । स्मार्ट लाइसेन्सका लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै प्रदेश सरकारले बुधबारदेखि अस्थायी अनुमतिपत्र वितरणको सुरुवात गरेको हो । 

इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा मुख्यमन्त्री हिक्मतबहादुर कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले औपचारिक रूपमा सवारी अनुमतिपत्र वितरण गर्दै यो नयाँ व्यवस्थाको उद्घाटन गरेका हुन् । अस्थायी अनुमतिपत्र एक वर्षसम्म मान्य हुनेछ र यस अवधिमा स्थायी स्मार्ट लाइसेन्स छाप्ने तयारी भइरहेको छ ।

OM Sai Pathibhara Hospital

यो नयाँ प्रणालीले अब सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न लामो समय कुर्नु नपर्ने र प्रदेशका सातवटा यातायात कार्यालयहरूबाटै अनुमतिपत्र पाउन सकिने व्यवस्था सुरु भएको छ ।