काठमाण्डौ । वाइफाइ अवरुद्ध भएकोे विवादमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । खुर्पा प्रहारबाट छोरी घाइते भएका छन् । बाराको निजगढ नगरपालिका–९ की ४० वर्षीया लक्ष्मी राईको श्रीमानले हत्या गरेका हुन् ।

प्रहरीका अनुसार, घटना मंगलबार साँझ करिब साढे ७ बजे भएको हो, जब ४६ वर्षीय बिमलकुमार वस्नेतले मादक पदार्थ सेवन गरेर घर फर्केपछि वाइफाइ रिचार्जको विषयमा श्रीमतीसँग विवाद भयो । ४ दिनदेखि घरमा वाइफाइ सेवा बन्द थियो । श्रीमतीले रिचार्ज गर्न पैसा नहुने रक्सी खान हुने भनेपछि विवाद चर्किएको थियो । त्यसपछि बिमलले खुर्पाले श्रीमतीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।

OM Sai Pathibhara Hospital

उनलाई बचाउन आएकी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । गंगाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ । श्रीमान बिमललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।