काठमाडौं–सरकारले चाडबाडलाई लक्षित गरी सहुलियत मूल्य पसल असोज ७ देखि छठसम्म सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानलाई सहुलियत पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।

४२ जिल्लामा ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुनेछ, जहाँ चामल, दाल, गेडागुडी, तेल, चिनी, घ्यूजस्ता अत्यावश्यक वस्तुहरूमा छुट उपलब्ध हुनेछ। साल्ट ट्रेडिङले उपत्यकामा ९ स्थान र अन्य २२ जिल्लामा सहुलियत पसल सञ्चालन गर्नेछ ।

OM Sai Pathibhara Hospital

दुग्ध विकास संस्थानले भदौदेखि कात्तिक मसान्तसम्म छुट योजना लागू गरेको छ भने आयल निगमलाई पेट्रोलियम आपूर्तिमा सहजीकरण गर्न निर्देशन दिइएको छ । सरकारले बजारमा निजी क्षेत्रको एकाधिकार रोक्न हरेक वर्ष यस्ता पसल सञ्चालन गर्दै आएको हो ।