समाचार

    Showing 16,181-16,190 of 25,875 items.
  • निषेधित औषधी सहित १ जना पक्राउ

    बिराटनगर ।  सुनसरीको धरान उपमहानगरपालिका-८ तिनकुने स्थितबाट ठुलो परिमाणमा निषेधित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २८ गते बेलुकी ७ बजे अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर बाट धरान तर्फ आउदै गरेको को १ ख ७४५१ नंम्बरको मोटरसाईकल सवार मोरङ बिराटनगर महानगरपालिका -१२ का २७ वर्षिय राकेश कुमार यादवलाई खानतलासी गर्दा जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा निषेधित औषधी स्पास्मो १७ हजार ५ सय चक्की सहित पक्राउ गरेको हो ।लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 268 पटक पढिएको
  • दशैं बिदामा बन्द कार्यालय आजदेखि खुल्दै, काठमाडौं भित्रने नाकामा गाडीको चाप

    काठमाडौं— दशैं बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दैछन् । आश्विनशुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि हिजो द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुल्न लागेका हुन् ।आज सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएकाले काठमाडौं उपत्यकासहित देशैभरका शहरमा विस्तारै चहलपहल बढन् थालेको छ । दशैंमा १३ लाख जना काठमाण्डौबाट बाहिरिएपछि चहलपहल कम बनेको काठमाडौंमा भिडभाड बढ्न लागेको छ ।काठमाडौं उपत्यका बाहिर स्थायी बसोबास भएका तथा मान्यजनको हातबाट दशैंमा टीका तथा आशीर्वाद ग्रहण गर्न गएका कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारीलगायत फर्केपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 501 पटक पढिएको
  • बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा ३० यात्रु घाइते

    काठमाडौं— पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा सोमबार साँझ ५ बजेतिर यात्रुवाहक बस र ट्रक ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन्। चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरिबाट चितवनतर्फ जाँदै गरेको ना ६ख ३११९ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। रौतहटको चन्द्रनिगाहपुरका ४४ वर्षीय शत्रुराज सिलवाल, १५ वर्षीय भीमकुमार थापा, पाल्पाकी ३६ वर्षीया ममता नेपाली, १५ वर्षीया आशिका  नेपाल

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 394 पटक पढिएको
  • बढ्न थाल्यो चिसो, सावधानी अपनाउन आवश्यक

    काठमाडौं— देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ ।गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महा

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 466 पटक पढिएको
  • सरकार फेस्टिभ मुडमा बस्दा बाढीपहिरो पीडितलाई थप पीडा, अध्यारोमै मनाइयो दशैं

    काठमाडौं— असोज दोस्रो साताको विपदबाट सम्पर्कविच्छेद भएका ७१ वटा स्थानीय तहका बाढीपहिरो पीडितको यस वर्षको दशैं खल्लो भएको छ। असोज दोस्रो साता आएको निरन्तरको वर्षापछिको बाढीपहिरो र डुबानले प्रभावित १४ जिल्लाका ७१ पालिकालाई सरकारले ‘विपद संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।  विपदका घटनालगत्तै दशैं शुरु भएपछि राहत तथा पुनर्निर्माणलाई प्राथमिकतासाथ अघि बढाउने बताएको सरकार फेस्टिभ मुडमा बसेकाले पीडितको दशैं अँध्यारोमै बितेको हो।बाढीपहिरोबाट बढी प्रभावित भएका ललितपुर, काभ्रे, सिन्धुली, चितवन, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, पाँचथर, उदयपुर जिल्लाका कतिपय पालिकामा सडक बाटो, बिजुली बत्ति र

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 318 पटक पढिएको
  • बडादशैंको टीका लगाउनेक्रम आज पनि जारी

    काठमाडौं— आश्विन शुक्ल पक्षको त्रयोदशी। बडादशैंको टीका लगाउने क्रम मंगलबार पनि जारी छ। मंगलबार ४० घडी १४ पला त्रयोदशी तिथि छ। बडादशैं अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली, बुढामावली र ससुरालीलगायत नातासम्बन्धका मान्यजनसँग टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ। देशका कतिपय भागमा भने विजयादशमीको दिन मात्र टीका–प्रसाद ग्रहण गर्ने परम्परा छ। प्रसाद लगाएपछि त्यसैदिन विसर्जन गर्ने परम्परा छ।आश्विन शुक्ल पूर्णिमा अर

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 475 पटक पढिएको
  • कोजाग्रत पूर्णिमामा पनि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    पोखरा— बडा दशैंको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।गण्डकी प्रदेश सरकारले सो दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमा सहित यस वर्ष चैते दशैं र भानुजयन्तीमा समेत बिदा दिएको थियो ।

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 481 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशका लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी बायुको प्रभाव सामान्य र कोशी, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव परेको छ साथै स्थानीय बायुको पनि आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशमा पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्था

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 353 पटक पढिएको
  • क्यानाडामा विदेशीलाई स्थायी बसोवासका लागि एक्सप्रेस इन्ट्री खुला

    काठमाडौं— क्यानाडामा बसोवास गर्न चाहने विदेशीहरूका त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्वको सरकारले स्थायी बसोवासका लागि आवेदन आह्वान गरेको छ । क्यानाडाको सरकारी संघीय निकाय आप्रवासन, शरणार्थी र नागरिकता विभाग (आईआरसीसी) ले एक्सप्रेस इन्ट्री प्रणाली मार्फत यस्तो आह्वान गरेको हो ।अक्टोबर १० बाट गरिएको यस्तो आह्वानमार्फत फेडरल स्किल्ड वर्कर प्रोग्राम, क्यानेडियन एक्सपेरियन्स क्लास र फेडरल स्किल्ड ट्रेड्स प्रोग्राममा आवेदन दिन सकिनेछ। फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार, यस पटक १००० जना यो अवसरबाट लाभान्वित हुन सक्नेछन् ।रिपोर्टमा उल्लेख गरिएअनुसार, सबैभन्दा कम अंक पाउने आवेदकको सीआरएस (कम्

    • प्रकाशित मितिः असोज २८, २०८१
    • 1,007 पटक पढिएको
  • गौतमबुद्ध विमानस्थलबाट फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान भर्ने

    काठमाडौं– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् ।निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाइ एयर एशियाले उडान गर्न लागेका हुन् । यी तीनवटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकका छन् । सो

    • प्रकाशित मितिः असोज २८, २०८१
    • 536 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.