काठमाण्डौ । देशका लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी बायुको प्रभाव सामान्य र कोशी, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव परेको छ साथै स्थानीय बायुको पनि आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशमा पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।