बिराटनगर ।  सुनसरीको धरान उपमहानगरपालिका-८ तिनकुने स्थितबाट ठुलो परिमाणमा निषेधित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २८ गते बेलुकी ७ बजे अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर बाट धरान तर्फ आउदै गरेको को १ ख ७४५१ नंम्बरको मोटरसाईकल सवार मोरङ बिराटनगर महानगरपालिका -१२ का २७ वर्षिय राकेश कुमार यादवलाई खानतलासी गर्दा जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा निषेधित औषधी स्पास्मो १७ हजार ५ सय चक्की सहित पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।