समाचार

    Showing 16,161-16,170 of 23,766 items.
  • मन्दिरबाट चोरी गरेको शालिग्रामसहित महेन्द्र पक्राउ

    काठमाण्डौ । ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिर परिसर भित्रबाट चोरी गरेको १ किलोग्राम तौल बराबरको ठूलो सालिग्राम १ थान, ३ सय ग्राम बराबरको सालिग्राम ३ थान र २ सय ५० ग्राम पितलको घोडा १ थानसहित सोही नगरपालिका–९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र बिकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।उक्त मन्दिरमा चोरी भएको जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट ठाकुरद्वाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा चोरी गरेका उक्त सामान फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 229 पटक पढिएको
  • एनसेलविरुद्ध सांसद अमरेशको रिटमा सुनुवाइ आज

    काठमाडाैँ । दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । सांसद सिंहले रिट निवेदनमा एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब  हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर गरेका छन् ।गएको शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन  पेसी तोकिए पनि  हेर्न नभ्याइने सूचीमा परेको थियो । दुवै दिन हेर्न नभ्याइनेमा परेपछि सांसद सिंहको रिटको पेसी आजलाई स

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 317 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं ।  देशभर पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका केही स्थानहरूमा  हुस्सु / कुहिरो लागेको छ।दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।राती पनि पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भाग

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 218 पटक पढिएको
  • कांग्रेस सांसदकाे कम्पनीमा भेटियो ३ अर्ब ५१ करोड नगद रुपैया

    एजेन्शी  । समाचार एजेन्सी पीटीआईले दिएको जानकारी अनुसार कांग्रेस सांसदका परिवारको स्वामित्वमा रहेको  मदिरा बनाउने कारखानामा ३ अर्ब ५१ करोड नगद भेटिएको छ। आयकर विभागले छापा मारेर उक्त नगद जफत गरेको हो। यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल अपरेसनमा बरामद भएको अहिलेसम्मकै उच्च रकम हो।उक्त रकम झारखण्डका कांग्रेस राज्यसभा सांसद धीरज साहुको परिवारको कम्पनीमा भेटिएको हाे । तर साहुले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।कर छली तथा अफ-द-बुक लेनदेनको आरोपमा उनको कारखानामा छापा मारिएको थियो। पाँच दिन अघिदेखि सो कारखानामा जाँच सुरु भएको थियो।

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 298 पटक पढिएको
  • विराटनगरका निर्दोषमाथि जोगबनीमा गोली प्रहार

    विराटनगर ।  आइतबार साँझ भारतीय सीमाक्षेत्र नजिकै जोगबनीमा विराटनगर–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको छ ।बायाँ खुट्टामा गोली लागेका घाइते संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले संग्रौलामाथि गोली प्रहार गरेको थियो । उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको उनले बताए। उनलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी अस्पताल पुर्याएको थियो ।

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 462 पटक पढिएको
  • पेस्तोलसहित एक जना पक्राउ

    चपुर । सियारी गाउँपालिका २, च्याङ्था इलाकामा सशस्त्र प्रहरीको सुरक्षा बेस अमुवाबाट सशस्त्र प्रहरी निरीक्षक दीपक खड्काको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा राति पौने ११ बजे पेस्तोलसहित स्थानीय अमेरिका थारुलाई पक्राउ गरेको हो ।थारुको साथबाट अन्दाजी ६ मि.मि. राउण्ड लाग्ने रिभलवर पेस्तोल एक थान र लाभा कम्पनीको एकथान मोबाइल सेट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर २७ गण, रुपन्देही प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए ।पक्राउ परेका थारु र पेस्तोलसहित अन्य सामग्री आवश्यक कारबाहीका लागि राति नै इलाका प्रहरी कार्यालय, छपियामा बुझाइएको सशस्त्रले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 226 पटक पढिएको
  • गाईघाटमा आगलागी करोडौँको क्षति

    गाइघाट  । उदयपुरको सदरमुकाम गाईघाटमा भीषण आगलागी हुँदा करोडौँको क्षति भएको छ ।त्रियुगा नगरपालिका ११ स्थित रहेको मोटरसाइकल ग्यारेजबाट आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागी हुनासाथ त्रियुगा नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्न खोजे पनि आगो नियन्त्रणमा नआएपछि रौतामाई गाउपालिका र चौदण्डीगढी नगरपालिकाको दमकलबाट चार घण्टामा आगो नियन्त्रणमा लिइएको थियो । उक्त आगलागीबाट करोडौको क्षती भएको छ।

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 241 पटक पढिएको
  • कालोसूचीमा राख्यो सरकारले १२ कम्पनीलाई

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साँढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका हुन् ।कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 296 पटक पढिएको
  • अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै

    मोरङ । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेका छन।विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो ।पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । उनलाई तत्काल इनरुवा अस्पताल लगिएको

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 317 पटक पढिएको
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरी साढे ६ किलो सुन सहित विदेशी नागरिक पक्राउ

    काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरी साढे ६ किलो सुनमा इजिप्टका नागरिक समातिएसँगै अन्य दुई विदेशी नागरिक पनि पक्राउ परेका छन्।विमानस्थल प्रहरीका अनुसार शंका लागेर दुई सुडानी नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। तर उनीहरूको साथमा सुन भने फेला परेको छैन। प्रहरीसँगको सोधपुछमा उनीहरूले सुन ल्याएको स्वकार गरेका छैनन्।दुबईबाट काठमाडौँ ओर्लिएका उनी शनिवार राति पौने १ बजेतिर पक्राउ परेका हुन् ।त्रिभुवन विमानस्थल प्रहरीले फ्लाइ दुबईबाट आएका इजिप्टका नागरिक सरिफ मोहम्मद लासिमलाई ६ किलो ५६५ ग्राम सुनसहित पक्राउ गरेको हो। उनी फ्लाई दुवईको एफजेड ५७३ विमान मार्फत काठमाडौं ओर्लिएका थ

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 387 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.