एजेन्सी ।  उत्तरी नाइजेरियामा एउटा इन्धन ट्यांकर विस्फोट हुँदा करिब १४७ जना मानिसको मृत्यु भएको छ । प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार मंगलबार राति उत्तरी जिगावा राज्यमा ट्यांकर दुर्घटनामा परेपछि सडकमा पोखिएको इन्धन संकलन गर्ने क्रममा मानिसको मृत्यु भएको हो।

नाइजेरियाले हालसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको बेला बहुमूल्य पदार्थ बनेको इन्धन विस्फोट भएको हो । जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा १४७ जनाको मृत्यु भएको बताइएको छ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार इन्धन ट्याङ्करले अर्को सवारी साधनलाई बचाउन खोज्दा जिगावा राज्यको माजिया शहरमा दुर्घटनाग्रस्त भएको थियो।