काठमाण्डौ  ।  माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको विपक्षी दलहरूको बैठक सकिएको छ । बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको माओवादी नेता शक्ति बस्नेतले बताए।

OM Sai Pathibhara Hospital

शुक्रबार बसेको प्रतिपक्षी दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन्। बिहीबारको सत्ताधारी दल र प्रमुख प्रतिपक्षी दलका नेताबीचको बैठकको छलफलबारे जानकारी दिँदै उनले सरकार रविलाई सहकारी ठगीमा पक्राउको तयारीमा रहेको जानकारी गराएका थिए।

शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलको बैठकले सरकारले तत्कालै नेकपा एकीकृत समाजवादी फुटाउन अध्यक्षदेश ल्याउन खोजेको र सरकारले अध्यादेश ल्याएमा सबै मिलेर प्रतिवाद गर्ने पनि निर्णय गरेको छ ।रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेमा सशक्त प्रतिवाद गर्ने पनि निर्णय गरेको छ ।आर्थिक संकटमा भएको बेलामा आफ्नो आफन्तलाई जागिर दिनको लागि परराष्ट्र मन्त्रालयमा ११० कर्मचारी थप्ने सरकारको तयारीप्रति पनि आपत्ति जनाएको छ । 

आज प्रमुख प्रतिपक्षी दलका अध्यक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विपक्षी दलको बैठकले तीन दल सदस्यीय कार्यदल बनाएको हो।कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य रहेको रास्वपा नेता विराजभक्त श्रेष्ठले बताए।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महन्त ठाकुर, प्रभु साह, शक्ति बस्नेतलगायत नेता सहभागी थिए।

उता सत्तापक्षबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्न सरकारमाथि दबाब दिएका छन् । संसदीय छानबिन समितिको सिफारिश बमोजिम लामिछानेमाथि कारबाही अघि बढाउन सरकारमाथि दबाब कांग्रेसको छ । यही प्रकरणमा छविलाल जोशी पक्राउ परिसकेका छन् ।कांग्रेस सभापति देउवाले हिजोमात्रै प्रधानमन्त्री ओलीलाई भेटेरै लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन दबाब दिएका छन् ।

देउवाले हिजै राति १२ बजे फोन गरेर तत्काल लामिछानेमाथि पक्राउ गरेर अनुसन्धान अघि नबढाए सरकार नै ढाल्ने चेतावनी दिएको विश्वस्त स्रोतको दाबी छ । गृहमन्त्री रमेश लेखकले लामिछानेलाई पक्राउ गर्न हिजै प्रहरीको एक टोली तयारी अवस्थामा राखेको बताईन्छ ।

आज साँझसम्म प्रहरीले एक्शन लिने बुझिएको छ । काँस्की जिल्ला अदालत पनि आजबाट खुलेकोले लामिछानेलाई पक्राउ गर्न सहज हुने प्रहरीको बुझाई छ ।

रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पक्राउ पूर्जी जारी हुने आशंकाका बीच कास्की जिल्ला अदालतका ७ मध्ये ६ जना न्यायाधीश बिदामा बसेका छन् । उनीहरू सबैले एकै पटक घर बिदा लिएका हुन् ।

कास्की जिल्ला अदालतमा ७ जना न्यायाधीश रहेका छन् । ती मध्ये न्यायाधीश कृष्णजंग शाहमात्र बिदामा बसेका छैनन् । उनीपनि यतिबेला सम्म अदालतमा उपस्थित भएका छैनन् । उनले आफू आउने जानकारी दिएका छन् । न्यायाधीशहरु नवराज दाहाल, हिमलाल बेल्बासे, भोलानाथ ढकाल, हरिप्रसाद कोइराला, चन्द्रकान्त पौडेल र नीतिज राई बिदामा बसेका छन् ।

जिल्ला अदालत कास्कीले आजै रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध पक्राउ पूर्जी जारी गर्न सक्ने हल्ला चलिरहेको छ । रवि विरुद्ध पक्राउ पूर्जी जारी गर्ने अनुमति दिँदा विवादमा फस्ने डरले अन्य न्यायाधीशहरु एकै पटक बिदामा बसेको चर्चा चलेको छ ।