काठमाण्डौ ।  विपक्षी दलहरूको बैठकमा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने संसद् भवन बानेश्वरबाट उपसभापति डीपी अर्यालको गाडीबाट बाहिरिएका छन्।

प्रहरीले पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको चर्चाका बिच लामिछानेले संसद् भवनबाट बाहिरिएलगत्तै उनी पार्टी कार्यालय वनस्थली पुगेका छन् । पक्राउको चर्चा चलेपछि पार्टी कार्यालयमा नेता कार्यकर्ताको उपस्थिति बाक्लिएको छ । 

OM Sai Pathibhara Hospital

बनस्थलीमा यतिबेला कार्यकर्ताको भीड लागेको छ । रविलाई पूर्वाग्रही ढंगले पक्राउ गरिएमा सशक्त प्रतिवाद गर्ने कार्यकर्ताको तयारी छ । बनस्थलीमा रहेका रास्वपा नेताका अनुसार कार्यकर्तालाई पार्टी कार्यालय आउन कुनै निर्देशन जारी भएको छैन् । तैपनि उपत्यकामा रहेका कार्यकर्ता स्वस्र्फूत रुपमा पार्टी कार्यालय आउन छन । कदाचित् प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेमा कार्यकर्तालाई प्रतिवादमा उत्रिन लाउने रास्वपाको योजना छ ।

काँग्रेस र एमालेको दबाबमा स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको छ। सहकारीको रकम दुरुपयोगमा उनलाई जबर्जस्त मुछेर काँग्रेस र एमालेको दबाबमा पक्राउ गर्न लागिएको हो ।

उनलाई पक्राउ नगरे काँग्रेस र एमालेको सरकार नै ढल्न सक्ने भएपछी उनलाई जुनसुकै बेला पक्राउ गर्न सकिने बुझिएको छ ।संसदीय छानबिन समितिले सहकारीको रकम हिनामिनामा उनको कुनै संलग्नता नदेखिएको प्रतिबेदन सार्बजनिक गरेको थियो ।