समाचार

    Showing 16,041-16,050 of 25,875 items.
  • केबलकार निर्माणको विषयलाई लिएर दोहोरो झडप

    इलाम  ।   केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङको फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा  झडप भएको छ । पाथीभरा दर्शनका लागि केबलकार निर्माणको शिलान्यास गर्ने कार्यक्रममा अवरोध भएपछि झडप भएको हो ।  झडपमा केही घाइते भए पनि क्षतिको विवरण आउन बाँकी छ । केबलकार निर्माणका लागि आवश्यक पर्ने सामग्री लैजान अवरोध भएपछि मजदुरहरू प्रतिकारमा उत्रिँदा झडप भएको प्रहरीले जनाएको छ । पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै लामो समयदेखि पहिचान पक्षधरहरू आन्दोलित छन् । केवलकार निर्माण भए प्रकृति नष्ट हुने उनीहरूको बुझाई छ । 

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 431 पटक पढिएको
  • गाडी दुर्घटनाहुदा ३ जनाको मृत्यु, २४ जनाभन्दा बढी घाइते

    काठमाण्डौ । वीरेन्द्रनगर नगरपालिमा भएको गाडी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ख ९९८ नम्बरको गाडी शुक्रबार दिउँसो दुर्घटनामा परेको थियो । गाडी वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्लातर्फ दुर्घटना भएको र भिरबाट तल खसेको प्रहरीले बताएको छ ।दुर्घटनामा २४ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए । घाइतेलाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ भने थप विवरण आउन बाँकी नै रहेको छ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 373 पटक पढिएको
  • मोरङमा सडक दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, तीनजना नियन्त्रणमा

    उर्लाबारी   ।   मोरङको रतुवामाई नगरपालिका–१० स्थित आमबारी–उर्लाबारी सडक खण्डमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।  ना.४ ख ४०१३ नम्बरको बस उर्लाबारीतर्फ आउँदै गर्दा प्र.१-०१०-१४ प २४४३ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेकै बेला दुबै सवारी साधन ठोक्किएका थिए।दुर्घटनामा झापा कमल गाउँपालिका–५ का २८ वर्षीय मोटरसाइकल चालक सन्देश गौतम गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल आर्या न्युरो अस्पतालमा लगिएको थियो। तर उपचारकै क्रममा गौतमको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।घटनामा संलग्न रहेका मोटरसाइकलमा सवार कनकाई–५ का २३ वर्षीय अजत मिय

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 340 पटक पढिएको
  • पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने

    काठमाण्डौ  ।   विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ। अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती-पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो। यसैगरी तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशिलताको लागि डिजिटल सेवा रूपान्तरण सम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्रयाकमा गर्ने निर्णय भएको छ।विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाहरूको सम्बन्

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 399 पटक पढिएको
  • पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा परम्परागत ‘कार्तिक नाच’सुरू

    काठमांडू   ।    भगवान् विष्णुका विभिन्न १७ वटा कथामा आधारित रहेर देखाइँदै आएको ‘कार्तिक नाच’ सुरु भएको छ। बुधबारदेखि पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा ‘कार्तिक नाच’ सञ्चालन भएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिए । ‘भगवान् विष्णुका विभिन्न १७ वटा कथामा आधारित रहेर बुधबारदेखि हरेक दिन फरकफरक नाच देखाइने छ’, उनले भने , ‘आगामी नवंबर १५ सम्म सञ्चालन हुने नाच धार्मिक र तान्त्रिक महत्वसंग पनि जोडिएको छ। यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ, जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको छ।’ नेपाल संवत् ७६१ अर्थात् विसं

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 284 पटक पढिएको
  • नेपालक़ो ऐतिहासिक प्रेस अब अबलोकनका लागि राखिने

    बिराटनगर   ।   नेपालको पहिलो आमनिर्वाचन १९५९ को प्रचारप्रसार सामग्री छाप्नका तत्कालीन कम्युनिष्ट नेता राधाप्रसाद घिमिरेले विराटनगर ल्याइएको प्रेस (मुद्रण यन्त्र) त्रिभुवन विश्वविद्यालयले अवलोकनका लागि राखिने भएको छ ।स्वर्गीय घिमिरेको परिवारले उपलब्ध गराएपछि विश्वविद्यालयले पत्रकारिता तथा आमसञ्चार विभाग कीर्तिपुरमा मुद्रण यन्त्र प्रदर्शनका लागि राख्ने भएको हो । सन् १८८३ मा लण्डनमा बनेको यो प्रेस  १९५७ मा घिमिरले विराटनगर ल्याएका थिए ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 394 पटक पढिएको
  • दुई अन्तरदेशिय बिद्युत प्रशारण लाइन नेपाल भारत बिच सहमतिक़ो तयारी

    इनरुवा  ।   दुई अन्तरदेशीय प्रसारण लाइन लगानी मोडालिटीमा नेपाल र भारतका अधिकारीहरू सहमति नजिक पुगेका छन् ।नेपालको इनरुवा र भारतको पूर्णिया जोड्ने ४०० केभी प्रसारण लाइन र सो क्षमताको लम्की–बरेली प्रसारण लाइनको लगानी मोडालिटीमा दुवै देशका अधिकारीहरूबीच समान धारणा बनेको हो ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 345 पटक पढिएको
  • मोरङ प्रहरीद्वारा दुईवटा तास खालमा छापा, २० जना पक्राउ

    विराटनगर  ।  मोरङ प्रहरीले तासका दुईवटा खालमा बुधबार मध्यराति छापा हानेको छ । त्यस क्रममा अलगअलग खालबाट २० जना पक्राउ परेका छन् ।विराटनगर महानगरपालिका–६ भट्टी मोडका विशाल देवान राईको घरमा तास खेलिरहेका १२ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी बुद्ध श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओली नेतृत्वको संयुक्त टोलीले राति ११ः३० बजेतिर तासको खालमा छापा हानेको थियो ।प्रहरीले छापा हानेर तास खेलिरहेका विराटनगर–२ का ३६ वर्षीय विशाल मण्डल, विराटनगर–६ का ५५ वर्षीय गंगाराम मण्डल, २८ वर्षीय शम्भु सहनी, ५५ वर्षीय मनबहादुर कार्की, ३२ वर्षीय भोला सहनी, रव

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 283 पटक पढिएको
  • सत्रकिलो दुर्घटना (अपडेट) : पाँच जनाको मृत्यु, पाँच घाइते

    काठमाडौं–नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान ३ बजे बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। माइक्रोबस चालकको नाम थर खुल्न नसकेको भए पनि भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।गोरखाको आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान खुलेको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर छ। दुर्घटनामा ज्यान गुमाउने र घाइते सबै माइक्रोबसका यात्रु हुन्। बसमा सवार यात्रुहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।सत्रकिलोमा बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु, पाँच घाइते

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 368 पटक पढिएको
  • बालिकाको मृत्युपछि उपचारमा संलग्न तीन चिकित्सक पक्राउ

    काठमाडौं–डोटीमा उपचारका क्रममा ९ वर्षीया बालिका रजनी भुलको मृत्यु भएपछि तीन जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। खेल्दै गर्दा लडेर हात भाँच्चिएकी बालिकालाई उपचारका लागि सुजङ अस्पताल लगिएको थियो। शल्यक्रिया गर्दा औषधीले रियाक्सन भएको भन्दै आफन्तले उजुरी दिएपछि चिकित्सकहरू राजमणि यादव, सुरेन्द्रकुमार चौधरी, र अभिषेक यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक बालिकाको शव अस्पतालमै रहेको पनि प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 264 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.