काठमाडौं–नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान ३ बजे बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। माइक्रोबस चालकको नाम थर खुल्न नसकेको भए पनि भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।
गोरखाको आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान खुलेको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर छ। दुर्घटनामा ज्यान गुमाउने र घाइते सबै माइक्रोबसका यात्रु हुन्। बसमा सवार यात्रुहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।सत्रकिलोमा बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु, पाँच घाइते