काठमाडौं–डोटीमा उपचारका क्रममा ९ वर्षीया बालिका रजनी भुलको मृत्यु भएपछि तीन जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। खेल्दै गर्दा लडेर हात भाँच्चिएकी बालिकालाई उपचारका लागि सुजङ अस्पताल लगिएको थियो।
शल्यक्रिया गर्दा औषधीले रियाक्सन भएको भन्दै आफन्तले उजुरी दिएपछि चिकित्सकहरू राजमणि यादव, सुरेन्द्रकुमार चौधरी, र अभिषेक यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक बालिकाको शव अस्पतालमै रहेको पनि प्रहरीले जानकारी दिएको छ।