बिराटनगर   ।   नेपालको पहिलो आमनिर्वाचन १९५९ को प्रचारप्रसार सामग्री छाप्नका तत्कालीन कम्युनिष्ट नेता राधाप्रसाद घिमिरेले विराटनगर ल्याइएको प्रेस (मुद्रण यन्त्र) त्रिभुवन विश्वविद्यालयले अवलोकनका लागि राखिने भएको छ ।

स्वर्गीय घिमिरेको परिवारले उपलब्ध गराएपछि विश्वविद्यालयले पत्रकारिता तथा आमसञ्चार विभाग कीर्तिपुरमा मुद्रण यन्त्र प्रदर्शनका लागि राख्ने भएको हो । सन् १८८३ मा लण्डनमा बनेको यो प्रेस  १९५७ मा घिमिरले विराटनगर ल्याएका थिए ।