समाचार

    Showing 15,991-16,000 of 25,875 items.
  • जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ जना घाइते

    काठमाण्डौ  ।  दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन्।म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान करिब ४ बजे शैल्यशिखर नगरपालिका-६ मा ​दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनाका मृतकहरूको शव घटनास्थलमै छ। उनीहरूको पहिचान खुलिसकेको छैन। उद्धार कार्य जारी रहेको छ।   

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 358 पटक पढिएको
  • अन्तर्राष्ट्रिय सिस्मे फेयरमा सहभागी हुने

    काठमाण्डौ    ।    चीनको क्वाङ्चौमा हुन गई रहेको अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालका मझौला उद्योगी, व्यवसायीहरुको सहभागिता रहने भएको छ। नोभेम्बर १० तारिख आइतबार साना तथा मझौला व्यवसायी महासंघका सदस्यहरु अन्तर्राष्ट्रिय सिस्मे फेयरमा सहभागी जनाउन चीन प्रस्थान गरेका छन ।मेलामा नेपालले ३२ स्टल रहने साना तथा मझौला व्यवसायी महासंघकी अध्यक्ष इनु पौडेलले बताइन। उहनले नेपालको तर्फबाट ३२  स्टल राख्ने र ३६ जना साना तथा मझौला व्यवसायीहरु चीन प्रस्थान गरेको समेत जनाइन । उनि भन्छिन "यस्ता मेलाले नेपालमा उत्पादन हुने वस्तुहरुको गुणस्तर मापन हुने र बजारीकरणका लागि सहज हुने  छ ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 243 पटक पढिएको
  • एकै परिवारका तीनजना मृत फेला

    काठमाण्डौ   ।   काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एकै परिवारका तीनजना मृत फेला परेका छन् ।गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत अवस्थामा भेटिएका हुन् ।सीताका श्रीमान कान्छा नगरकोटीले श्रीमती र छोराछोरी हराएको भन्दै प्रहरीमा उजुरी गरेपछि खोजतलास गर्दा कोठाभित्र मृत फेला परेका हुन् । प्रहरीले स्थानीयसँग मिलेर घरको ढोका फोडेर हेर्दा भित्रै शव मृत अवस्थामा भेटिएका थिए । शवको प्रकृति हेर्दा धेरै दिन अघि मृत्यु भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।तीन जनाकै शव सडेको अवस्थामा फेला परेको बताइएको छ । प्रह

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 485 पटक पढिएको
  • ट्रक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

    काठमाण्डौ  ।  बिहीबार साँझ मिनिट्रक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।प्रहरी चौकी पाँचखालका अनुसार काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३ कोशिदेखा लामिडाँडामा  बिहीबार साँझ वालुवा खन्याएर फर्कदै गरेको २२०२ नम्बरको निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।प्रहरी निरीक्षक किशोर बुढाथोकीका अनुसार ट्रक दुर्घटनामा ट्रक चालक स्थानीय कुमार रोक्का र माइला रोक्काको मृत्यु भएको हो ।उनले ट्रकको लट नम्बर भने नखुलेको जानकारी दिए । स्थानीय खानीबाट वालुवा लिएर आएको ट्रक वालुवा खन्याएर घर फर्कने क्रममा सडकबाट करिब २ सय मिटर तल खसेको छ। घटनाब

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 539 पटक पढिएको
  • प्रहरीले ठूलो मात्रामा चरेस बरामद

    धनगढी  ।  कैलालीको धनगढीबाट प्रहरीले ठुलो मात्रामा चरेस बरामद गरेको छ । बुधबार बेलुका पख धनगढी उपमहानगरपालिका ५ को लब्ली चोकबाट प्लास्टिकसहित ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको हो ।वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बताएका छन। चरेस बोकेको १०७२ नम्बरको एनएस प्लसरका चालक र पछाडि सवार भने फरार भएका छन् । परिचय नखुलेका उनीहरूको खोजी भइरहेको छ। 

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 435 पटक पढिएको
  • नेपालले ४० मेगावाट बिजुली बङ्गलादेश पठाउदै

    काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले कार्तिक ३० गते शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्दैछ ।विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो । योसँगै क्षेत्रीय विद्युत् व्यापारमा ऐतिहासिक कोशेढुङ्गा कायम हुने बताइएको छ ।भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबार प्राधिकरणले मध्यान्न विद्युत् निर्यात गर्नेछ।विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । आज दिउँसोदेखि भारतको प्रशारण प्रणाली प्रयोग गरी विजुली निकासी

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 433 पटक पढिएको
  • रुपन्देहीमा सकियो रविको बयान, आज पोखरा लगिने

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बिहिबार बयान सकिएको छ ।बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा जोडिएका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेको बयान सकिएको हो । लामिछानेसँग तीन दिनमा २३ घण्टा बयान लिइएको छ ।बयान सकिएसँगै उनलाई आज शुक्रबार बिहान पहिलो उडानमार्फत पोखरा लगिने छ । उनलाई बिहीबारै पोखरा लैजाने तयारी भएको भए पनि बयान भएका कागजी प्रक्रिया मिलानमा ढिलाई हुँदा पोखरा लैजान नसकिएको रुपन्देही प्रहरीले जनाएको छ। गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई मंगलबार पोखराबाट भैरहवा ल्याइएर त्यही दिनै बयान शुरू

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 461 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।आज राती कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 346 पटक पढिएको
  • एक लाख कार्यकर्ता सडकमा उतार्दै एकीकृत माले

    काठमाण्डौ   ।    सरकारको नेतृत्वकर्ता दल नेकपा एकीकृत मालेले देशमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न र आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने उदेश्यका साथ नवंबर २२का दिन एक लाख कार्यकर्तासहित शक्ति प्रदर्शन गर्ने भएको छ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 283 पटक पढिएको
  • कांग्रेस डडेल्धुराले परराष्ट्र मन्त्री आरजु राणाको स्वागतका लागि उर्दी

    डडेल्धुरा  ।   नेपाली कांग्रेस डडेल्धुराले परराष्ट्र मन्त्री आरजु राणा देउवा गृहजिल्ला आउने भएपछि फूलमालासहित स्वागतका लागि स्थानीय नेता, कार्यकर्ताहरुलाई उर्दी जारी गरेको छ। पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद समेत रहेकी मन्त्री राणा शुक्रबार अपराह्न डडेल्धुरा पुग्ने कार्यक्रम छ। डडेल्धुरा पार्टी सभापति भीमबहादुर साउँदले  सूचना निकालेर परराष्ट्र मन्त्री राणा आउँदा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थित रहन नेता, कार्यकर्ताहरूलाई सर्कुलर नै पठाएका  छन्।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 394 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.