काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले कार्तिक ३० गते शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्दैछ ।

विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो । योसँगै क्षेत्रीय विद्युत् व्यापारमा ऐतिहासिक कोशेढुङ्गा कायम हुने बताइएको छ ।भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबार प्राधिकरणले मध्यान्न विद्युत् निर्यात गर्नेछ।

OM Sai Pathibhara Hospital

विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । आज दिउँसोदेखि भारतको प्रशारण प्रणाली प्रयोग गरी विजुली निकासी हुनेछ ।