काठमाण्डौ । चीनको क्वाङ्चौमा हुन गई रहेको अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालका मझौला उद्योगी, व्यवसायीहरुको सहभागिता रहने भएको छ। नोभेम्बर १० तारिख आइतबार साना तथा मझौला व्यवसायी महासंघका सदस्यहरु अन्तर्राष्ट्रिय सिस्मे फेयरमा सहभागी जनाउन चीन प्रस्थान गरेका छन ।
मेलामा नेपालले ३२ स्टल रहने साना तथा मझौला व्यवसायी महासंघकी अध्यक्ष इनु पौडेलले बताइन। उहनले नेपालको तर्फबाट ३२ स्टल राख्ने र ३६ जना साना तथा मझौला व्यवसायीहरु चीन प्रस्थान गरेको समेत जनाइन । उनि भन्छिन "यस्ता मेलाले नेपालमा उत्पादन हुने वस्तुहरुको गुणस्तर मापन हुने र बजारीकरणका लागि सहज हुने छ ।"
उनले नेपालमा उत्पादन भएको पस्मिना, मूर्ति, थान्का, चियापत्तीहरुको स्टलहरु राख्ने बताउछिन। अन्तर्राष्ट्रियस्तरका मेलाहरुले नेपालमा उत्पादित सामग्रीलाई बजारीकरण गर्न र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सहयोग पुग्ने समेत बताइन । मेला नोबेम्बर १५ देखि १८ सम्म चल्ने छ।