काठमाण्डौ   ।   काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एकै परिवारका तीनजना मृत फेला परेका छन् ।

गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत अवस्थामा भेटिएका हुन् ।

OM Sai Pathibhara Hospital

सीताका श्रीमान कान्छा नगरकोटीले श्रीमती र छोराछोरी हराएको भन्दै प्रहरीमा उजुरी गरेपछि खोजतलास गर्दा कोठाभित्र मृत फेला परेका हुन् । प्रहरीले स्थानीयसँग मिलेर घरको ढोका फोडेर हेर्दा भित्रै शव मृत अवस्थामा भेटिएका थिए । शवको प्रकृति हेर्दा धेरै दिन अघि मृत्यु भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

तीन जनाकै शव सडेको अवस्थामा फेला परेको बताइएको छ । प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।