समाचार

    Showing 15,891-15,900 of 25,875 items.
  • ब्यबसायी गोर्खालीले जन्मदिनमा बिद्यार्थीलाई लत्ताकपडा र शैक्षिक सामाग्री बितरण

    बिराटचौक  ।  मोरङको बेलबारी ३ का ब्यबसायी राजन दर्नाल (गोर्खाली) ले आफनो ५० औँ  जन्मदिनका अबसरमा बिद्यार्थीहरुलाई लत्ताकपडा सहित शैक्षिक सामाग्री बितरण गरेका छन । बेलबारी ३ मा लामो समयदेखि गोर्खाली सटिङ,सुटिङ एण्ड टेलरिङ सेवा प्रदान गर्दै आएका राजनले जन्मदिनका अबसरमा हुने फजुल खर्च कटाएर थोरै भएपनि आर्थिक अबस्था कमजोर भएका बिद्यार्थीहरुलाई लत्ताकपडा र शैक्षिक सामाग्री बितरण गर्न पाउँदा खुसी लागेको बताए ।उनले मंगलबार बेलबारी ३ स्थित श्री आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई लत्ताकपडा र शैक्षिक सामाग्री बितरण गरेका हुन । गोर्खालीको यस किसिमको सामाजिक कार्य समाजका लागि समेत अनु

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 247 पटक पढिएको
  • सांसद भगबती चौधरी वल्र्ड बुक अफ रेकर्डद्वारा सम्मानित

    काठमाण्डौ  ।   नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियान्ता सांसद भगबती चौधरी सम्मानित भएकी छिन । बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतूलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानित गरिएको बताइएको छ। सांसद चौधरीलाई  २ डिसेम्बरमा आयोजित कार्यक्रममा सम्मानित गरिएको हो ।

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 264 पटक पढिएको
  • गौतमबुद्ध विमानस्थलबाट नौ हजार उडे, कतारको उडान बन्द

    भैरहवा   ।   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ हजारभन्दा बढी यात्रुले सिधा उडान, अवतरण र ट्रान्जिट सुविधा लिएका छन् । गत नोभेम्बर ३ देखि ३०सम्म यी यात्रुले विमानस्थल प्रयोग गरेका हुन्।यो विमानस्थलबाट कुवेत–भैरहवा–कुवेत तथा बैंकक–भैरहवा–बैंकक सिधा उडान भइरहेको छ भने दुबई–भैरहवा–काठमाण्डू –दुबई तथा दोहा–भैरहवा–काठमाण्डू –दोहा ट्रान्जिट उडान भइरहेको छ । २८ दिनमा सिधा उडानमार्फत २ हजार २ सय २७ यात्रु भैरहवा ओर्लंदा २ हजार ५२ जना यहाँबाट प्रस्थान गरेको नागरिक उड्डयन प्राधिकरण भैरहवाका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिनुभयो । त्यसैगरी यो विमानस्थलमार्फत ४ हजार ९ सय

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 314 पटक पढिएको
  • पत्नी हत्यामा भट्ट माथि मुद्दा चलाइयो

    बिर्तामोड़   ।    अमेरिकामा नेपाली नर्स ममता काफ्लेको श्रीमान् नरेश भट्टमाथि पत्नीको हत्या गरेर शव लुकाएको मुद्दा चलाइएको छ । उनलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा उनीमाथि औपचारिक रूपमा अभियोग लगाइने समाचारमा भनिएको । नरेशले जुलाई ३० मा ममताको हत्या गरेको मानसास पार्क प्रहरीले बताएको छ । ममता र नरेश बस्दै आएका घरको कोठामा फेला परेको रगतको डीएनए जाँच गरिएको थियो । जाँचमा उक्त रगत ममताको नै भएको पुष्टि भएको मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोले भनेका छन् ।

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 280 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेश,बाग्मती प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।तराएका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ।आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।आज राती मधेश प्रदेश लगायत कोशी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 563 पटक पढिएको
  • आन्तरिक हवाई भाड़ा बढ़यो

     काठमाण्डौ   ।   आन्तरिक तर्फको हवाई भाडा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुनेगरि हवाई भाडा बढाएको हो।क्यानका अनुसार काठमाण्डौ –धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा-भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ भने विराटनगर-भैरहवा ८० रुपैयाँ, काठमाण्डौ –सिमराको भाडा १५ रुपैयाँ, काठमाण्डौ -विराटनगर ५० रुपैयाँ, काठमाण्डौ -पोखरा ३० र काठमाण्डौ -भैरहवा ४० रुपैयाँले बढेको हो ।हवाइ इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको बताइएको छ ।

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 293 पटक पढिएको
  • रंगेलीमा निर्माणाधीन धर्मशालाबाट खस्दा एक युवा घाइते

    मोरङ   ।   रंगेली बजारस्थित निर्माणाधीन काली मन्दिरको धर्मशालाको दोस्रो तल्लाबाट खस्दा एक युवा घाइते भएका छन्। रंगेली नगरपालिका–२ निवासी २६ वर्षीय सुशान्त चौलागाई आज धर्मशालाको छतबाट तल खस्दा गम्भीर घाइते भएका हुन्।घटनापछि उनलाई तत्काल रंगेली अस्पताल पुर्याइ उपचार सुरु गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको हातमा चोट लागेको र  उपचार भइरहेको छ।प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरी पीडितलाई आफन्तको जिम्मा लगाएको छ। धर्मशालाको निर्माण कार्य भइरहेका बेला सुरक्षा मापदण्डको अभावले यस्तो घटना भएको हुनसक्ने अनुमान गरिएको छ।निर्माणधीन धर्मशालामा अहिले बिहानदेखि बेलुकासम्म

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 303 पटक पढिएको
  • ट्याक्टरले किचेर कामदारको मृत्यु

    भोजपुर  ।   भोजपुरको हतुवागढी गाउँपालिका-२ घोडेटार स्थित सडक खण्डमा ट्याक्टरले किचेर कामदारको मृत्यु भएको छ । कावा खोलाबाट पराल बोकेर लुङगिन तर्फ आउदै गरेको को.२ त. ७२६८ नम्बरको ट्याक्टरमा सवार रहेका कामदार स्थानिय २२ बर्षीय एक्सन भुजेल अचानक ट्याक्टरबाट लड्दा सोही ट्याक्टरको चक्काले किचि घटनास्थलमा नै मृत्यु भएको थियो । ट्याक्टर चालक सोही स्थानका २८ वर्षीय सुमन सार्कीलाई इलाका प्रहरी कार्यालय घोडेटारले नियन्त्रणमा लिएको छ भने घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप  अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 234 पटक पढिएको
  • ट्याक्टरले किचेर कामदारको मृत्यु

    भोजपुर  ।   भोजपुरको हतुवागढी गाउँपालिका-२ घोडेटार स्थित सडक खण्डमा ट्याक्टरले किचेर कामदारको मृत्यु भएको छ । कावा खोलाबाट पराल बोकेर लुङगिन तर्फ आउदै गरेको को.२ त. ७२६८ नम्बरको ट्याक्टरमा सवार रहेका कामदार स्थानिय २२ बर्षीय एक्सन भुजेल अचानक ट्याक्टरबाट लड्दा सोही ट्याक्टरको चक्काले किचि घटनास्थलमा नै मृत्यु भएको थियो । ट्याक्टर चालक सोही स्थानका २८ वर्षीय सुमन सार्कीलाई इलाका प्रहरी कार्यालय घोडेटारले नियन्त्रणमा लिएको छ भने घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप  अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 308 पटक पढिएको
  • धरानबाट सात लाख मूल्य बराबरको रुद्राक्षका दाना बरामद

    धरान  ।    सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट सशस्त्र प्रहरीले करिब सात लाख मूल्य बराबरको रुद्राक्षका दाना बरामद गरेको छ।धरानबाट धनकुटातर्फ जाँदै गरेको यात्रुवाहक बसलाई सशस्त्र प्रहरीले शङ्का लागी जाँच गर्दा बिलविजक नभएको तीन सय ४४ केजी रुद्राक्षका दाना फेला परेपछि बरामद गरेको हो । उक्त रुद्राक्षका दाना करिब ६ लाख ८८ हजार रुपियाँ बराबरको रहेको सशस्त्रका प्रहरी डिएसपी एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। मङ्गलबार बरामद रुद्राक्षका दाना आवश्यक कारबाहीका लागि राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको उनले बताए।

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 344 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.