काठमाण्डौ   ।   आन्तरिक तर्फको हवाई भाडा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुनेगरि हवाई भाडा बढाएको हो।

क्यानका अनुसार काठमाण्डौ –धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा-भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ भने विराटनगर-भैरहवा ८० रुपैयाँ, काठमाण्डौ –सिमराको भाडा १५ रुपैयाँ, काठमाण्डौ -विराटनगर ५० रुपैयाँ, काठमाण्डौ -पोखरा ३० र काठमाण्डौ -भैरहवा ४० रुपैयाँले बढेको हो ।

OM Sai Pathibhara Hospital

हवाइ इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको बताइएको छ ।