मोरङ   ।   रंगेली बजारस्थित निर्माणाधीन काली मन्दिरको धर्मशालाको दोस्रो तल्लाबाट खस्दा एक युवा घाइते भएका छन्। रंगेली नगरपालिका–२ निवासी २६ वर्षीय सुशान्त चौलागाई आज धर्मशालाको छतबाट तल खस्दा गम्भीर घाइते भएका हुन्।

घटनापछि उनलाई तत्काल रंगेली अस्पताल पुर्याइ उपचार सुरु गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको हातमा चोट लागेको र  उपचार भइरहेको छ।प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरी पीडितलाई आफन्तको जिम्मा लगाएको छ। धर्मशालाको निर्माण कार्य भइरहेका बेला सुरक्षा मापदण्डको अभावले यस्तो घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

OM Sai Pathibhara Hospital

निर्माणधीन धर्मशालामा अहिले बिहानदेखि बेलुकासम्म युवा केटाहरूको जमघट हुने प्रमुख स्थलको रूपमा बनेको छ। गाँजा चुरोट मदिरा सेवन गर्ने ठाउँको रूपमा प्रचलित हुन थालेको छ।