समाचार

    Showing 15,831-15,840 of 25,874 items.
  • प्रधानमन्त्री ओलीद्वारा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण

    दमक  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार झापाको गौरादह नगरपालिका– ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गरेका छन । साबिक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाई समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको हो ।

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 292 पटक पढिएको
  • उदयपुरमा जिप दुर्घटना चालकको मृत्यु, ५ यात्रु घाइते

    उदयपुर  ।  उदयपुरको लिम्चुङबुङ गाउँपालिका-३ मा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना यात्रु घाइते भएका प्रहरीले जनाएको छ।हिजो सॉझ सदरमुकाम गाईघाटबाट लिम्चुङबुङको बराहतर्फ जाँदै गरेको ना १ च ३२६७ नम्बरको जीप लिम्चुङबुङ गाउँपालिका ३ स्थित तीनचोकेमा ब्रेक फेल भई सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी राजन चापागाईँका अनुसार दुर्घटनामा त्रियुगा नगरपालिका–१६ बस्ने वर्ष २६ का जीप चालक युवराज तामाङको घटनास्थलमै मृत्यु भएको हो। गाडीमा सवार पाँच यात्रु घाइते भएका छन्।घाइते हुनेमा सोही लिम्चुङबुङ-४ बस्ने वर्ष १९

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 338 पटक पढिएको
  • धुलाबारीमा घर छोडेका तीन बालक भेटिए

     बिर्तामोड़ । झापाको बिर्तामोड-४ बाट चिठी छोडेर बेपत्ता भएका तीन बालक—१३ वर्षीय विश्वास राजवंशी, १६ वर्षीय कबीर चौधरी, र १४ वर्षीय सिर्जन चौधरी—केही घण्टाको खोजीपछि झापाको धुलाबारीमा सुरक्षित अवस्थामा फेला परेका छन्।तीनै बालकले घर छोड्नु अघि चिठीमा आमाबुबालाई सम्बोधन गर्दै, “अब हामीलाई नखोज्नु, हामी गएका छौं” लेखेका थिए। यो चिठीले परिवारलाई ठूलो मानसिक तनाव पुर्‍याएको थियो। परिवार र स्थानीयको सक्रियतामा ती बालकहरूलाई सुरक्षित अवस्थामा भेटिएको हो।

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 357 पटक पढिएको
  • काँग्रेसकै गृहमन्त्रीका पालामा रबिमाथि तानाशाही व्यवहार हुनु दुर्भाग्यपूर्ण भएको सांसद सुनिल शर्माको भनाई

    काठमाण्डौ  ।   प्रतिनिधि सभा सदस्य एबंम सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा सुनिल शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको गृहमन्त्रीकै कार्यकालमा तानाशाही व्यवहार हुनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्।उनले अनुसन्धानलाई निष्पक्ष र छिटो सम्पन्न गरी न्यायालय मार्फत न्यायिक प्रक्रिया अघि बढाउन माग गरेका छन् । 'न्यायालयको निर्णयलाई सबै पक्षले स्वीकार गर्नुपर्नेमा प्रहरी हिरासतको लम्बिँदो श्रृङ्खलाले गम्भीर शंका उत्पन्न गरेको समेत बताएका छन्  । यस्तो स्थितिले राज्यप्रतिको विश्वास खस्काउन सक्छ, जुन लोकतान्त्रिक मूल्य मान

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 435 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

    काठमाण्डौ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिँदै आइएको छ । ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम स्थापना भएको कोषबाट पुरस्कार द

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 383 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश,लुम्बीनि प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहि र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। मध्य र पुर्वी तराइका धेरेे भू-भागमा हुस्सु र थोरै भू-भागमा कुहिरो लागेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केहि स्थानमा हल्का बर्षा पनि भइरहेको छ।आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।आज राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 434 पटक पढिएको
  • रास्वपा सभापति रविबारे प्रचण्ड भन्छन्

    काठमाण्डौ  ।  अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 485 पटक पढिएको
  • दमकमा एक बृद्धको सड़क दुर्घटनामा मृत्यु

    दमक  ।   दमकमा सवारी दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । १९ दिनअघि दमकको क्याम्पस मोडमा पहिचान हुन नसकेको सवारीसाधनको ठक्करबाट दमक- ५ निवासी ७२ वर्षीय कमल खरेलको मृत्यु भएको हो ।घाइते कमललाई उपचारका लागि न्युरो हस्पिटल विराटनगर लगिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि परिवारले चार दिनअघि घरमै ल्याएका थिए । गएराति १०ः२९ बजे उनको मृत्यु भएको मृतकका भाइ टीकाराम खरेलले बताए ।

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 276 पटक पढिएको
  • रविलाई आज पर्सा लगिदै

    पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पर्सा लगिएको छ । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले आज बयानका लागि त्यहाँ लगिएको हो। लामिछानेलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौं र काठमाडौंबाट पर्सा लैजान लागिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले लामिछानेलाई सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर अनुसन्धान गरिरहेकाे छ ।

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 297 पटक पढिएको
  • आईजिपी कुँवरलाई मानवअधिकार आयोगले बोलायो

    काठमाण्डौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चितवनमा प्रहरीले गरेको अमानवीय व्यवहारको राष्ट्रिय मानवअधिकार आयोगले छानबिन थालेको छ । आयोगले आयोगको कार्यालयमा उपस्थित् हुन आईजिपीलाई भनेको बुझिएको छ । लामिछानेलाई प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै रास्वपाको तर्फबाट कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगसमक्ष उजुरी दर्ता गरेका थिए ।रविमाथि हिरासतमा अमानवीय व्यवहार गरेको विषयमा सोधपुछ गर्न राष्ट्रिय मानव अधिकार आयोगले आज प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई आयोगमा बोलाएको छ ।कुँवर कार्यालय समयभित्रै आयोगको कार्यालय पुग्ने बताईएको छ । राष्ट्रिय स्वतन

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 282 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.