काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश,लुम्बीनि प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहि र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। मध्य र पुर्वी तराइका धेरेे भू-भागमा हुस्सु र थोरै भू-भागमा कुहिरो लागेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केहि स्थानमा हल्का बर्षा पनि भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।






































