पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पर्सा लगिएको छ ।

सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले आज बयानका लागि त्यहाँ लगिएको हो। लामिछानेलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौं र काठमाडौंबाट पर्सा लैजान लागिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले लामिछानेलाई सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर अनुसन्धान गरिरहेकाे छ ।