दमक  ।   दमकमा सवारी दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । १९ दिनअघि दमकको क्याम्पस मोडमा पहिचान हुन नसकेको सवारीसाधनको ठक्करबाट दमक- ५ निवासी ७२ वर्षीय कमल खरेलको मृत्यु भएको हो ।

घाइते कमललाई उपचारका लागि न्युरो हस्पिटल विराटनगर लगिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि परिवारले चार दिनअघि घरमै ल्याएका थिए । गएराति १०ः२९ बजे उनको मृत्यु भएको मृतकका भाइ टीकाराम खरेलले बताए ।