काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा कुहिरो र हुस्सु लागेको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा दिउँसो हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भ
काठमाडाैं । बङ्गलादेशको राजधानी ढाकाको बाहिरी भाग स्थित गाजापुरीमा बुधबार रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ४ बजे भएको दुर्घटनामा करिब आठ जना घाइते भएको छन।रेल दुर्घटनाको कारण राजधानी ढाकाबाट देशका अन्य भागहरूमा घन्टौंसम्म रेल सेवा अवरुद्ध भएको थियो । विपक्षीहरूको आन्दोलनका कारण गाजीपुरमा रेलवेको तोडफोड तथा कटान गरिदिएपछि रेल पटरीबाट खसेको अधिकारीहरूले बताएका छन् ।विपक्षी आन्दोलनले ढाका लगायत दक्षिण एसियाली देशमा अक्टोबरको अन्त्यदेखि लगभग हरेक दिन प्रहरी – मजदुर झडप तथा सवारीसाधनमा तोडफोड र आगजनीका घटना भइरहेका छन् ।बङ्लादेशको प्रमुख प्रतिपक्षी दल बङ्ल
काठमाडौं । टिकटक प्रतिबन्धको विरुद्धमा हालिएको रिटको अर्को पेशी अर्को वर्षका लागि तोकिएको छ । आजका पेशी हुने भनिएको उक्त मुद्दा ‘हेर्न नभ्याइने’मा परेपछि अर्को पेशी २०८१ साल बैशाख २७ गतेका लागि तोकिएको हो । योसँगै अब सर्वोच्चमा टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्धको रिटमाथि अर्को वर्षमात्रै सुनुवाई हुनेछ । यसअघि सर्वोच्चले मंसिर ७ गते टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णयविरुद्ध सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि मंसिर १९ गते टिकटकविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा परेपछि सर्वोच्चले अर्को पेशी आजका लागि तोकेको थियो । तर, आज पनि टिकटक प्रतिबन्धविरुद्धको मुद्दा ‘ह
काठमाण्डौ । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरी ४५ सेल अश्रुग्यास र १२ राउण्ड हवाइ फायर गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सिम्रौनगढ नगरपालिका वडा नं. १ बस्ने अन्दाजी २५ वर्षका ल
काठमाण्डौ । सरकारले गत चैतमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ।प्रतिवेदन बुझेपछि आयोगप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन कार्यान्वयनका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे। सुरूमा तीन महिनाको लागि गठन गरिएको आयोगको म्याद एकपटक तीन महिना र अर्कोपटक दुई महिना थप गरिएको थियो। आठ महिनाको अध्ययन र कामपछि आयोगले प्रतिवेदन बुझाएको हो।अब अनुचित लेनदेनक
झापा । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई अर्जुनधारा ८ स्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि मङगलबार दिउँसो दमकमा पहिचान पक्षधरहरुको समूहले ढुंगा प्रहार गरेको थियो ।कालो झन्डा देखाउने र तोडफोडमा चौधरीको संलग्नता देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको जानकारी दिए । चौधरिलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक लगिएको छ ।लागूऔषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभा
काठमाडौँ । प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो कोइरीविरूद्वको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । एमाले सांसद कोइरीमाथि सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या गरेको आरोप लागेको छ।मङ्गलवार जिल्ला अदालत महोत्तरीमा न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। मुद्दाको निरन्तर सुनुवाइ आज जारी रहनेछ । २०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो ।हत्यामा तत्कालीन मधेसवादी दलका नेता (हाल एमालेका निलम्बित सांसद)लक्
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ ।६९ वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । मेहतलाई हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र पूर्व जिल्ला सदस्यसमेत थिए । मेहताको निधनले सुनसरी कांग्रेसलाई क्षति पुगेको कांग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाले बताएका छन । उनको आज(बुधबार) धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।
काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा पत्र बुझाएका हुन्।व्याक्तिगत कारण देखाउँदै थानीले आफ्नो कार्यकाल सकिनु अगाबै पदबाट राजीनामा दिएका हुन्। थानि २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।
काठमाडौ । लोक सेवा आयोगले एकैपटक २७० जना अधिकृथको विज्ञापन खुलाएको छ । आयोगले आज सूचना जारी गर्दै यस्तो आवदेन खुला गरेको हो । यो आवेदन निजामती सेवा, न्याय सेवा, परारष्ट्र, प्रशासन, लेखापरीक्षण र मानव अधिकार सेवासम्म रहेका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.